काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले जारी गरेको निफ्रा हरित उर्जा ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
निफ्राले ६ प्रतिशत ब्याजदर रहेको ७ वर्षे अवधिको 'निफ्रा हरित उर्जा ऋणपत्र ६ % –२०८८/८९' नामको ऋणपत्र जारी गरेको थियो ।
प्रतिकित्ता १ हजार अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र निफ्राले नेप्सेमा असार २५ गते सूचीकृत गराएको हो ।
असार २६ गतेदेखि दोस्रो बजारमा कारोबारयोग्य हुने यी ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
निफ्राले नेपालमै पहिलो पटक हरित उर्जा ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो । यो ऋणपत्र गत जेठ १८ देखि २५ गतेसम्म निष्कासन गरी जेठ २९ गते बाँडफाँट गरिएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।