काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले बुधवार सूचना जारी गरी काठमाडौं महानगरपालिका वडा नम्बर २६, लेखनाथ मार्ग, ठमेलमा रजिष्टर्ड कार्यालय रहेको नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जानकारी दिएको हो ।
शेयर रजिष्ट्रार नियुक्त भएसँगै कम्पनीको शेयरसम्बन्धी सम्पूर्ण कारोबार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ ।
यस कम्पनीको दोस्रो बजारमा १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत छ । यी सम्पूर्ण शेयरको व्यवस्थापनको जिम्मेवारी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले पूरा गर्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।