सर्वोत्तम स्टील्सको ५० प्रतिशत हकप्रद शेयर विक्रीमा

Share News

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर विक्रीमा ल्याएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशतले हुन आउने ८७ लाख ४२ हजार कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि योग्य शेयरधनीहरूले आगामी २१ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा उल्लेखित कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । असार २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय गरेसँगै कम्पनीले असार २६ गते उक्त हकप्रद शेयर विक्रीको सूचना जारी गरेको हो ।

सम्बन्धित शेयरधनीहरूले आफ्नो हकप्रद शेयरबापतको रकम कम्पनीको माछापुच्छ्रे बैंकमा रहेको खाता नम्बर ०३९०९९१५२९१०००१७ मा जम्मा गरी सोको भौचर कम्पनीको लेखा शाखामा बुझाउनुपर्ने छ । कम्पनीको हकप्रद शेयर खरीदका लागि साउन १४ गतेसम्म आवेदन पेश गर्नुपर्नेछ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।