काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले असार २७ गते विशेष साधारण सभा बोलाएको छ ।
असार ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासन गर्ने र त्यसबाट प्राप्त पूँजीको उपयोगिताका सम्बन्धमा आवश्यक निर्णय गर्नेछ । प्रबन्धपत्र र नियमावली संशोधन प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
यस कम्पनीले इलाम जिल्लामा ४ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।
कम्पनीले आईपीओ निष्कासनका लागि यसअघि नै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
कम्पनीले २०८० माघ ११ गते १९ लाख ४६ हजार ६६० कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्ने तयारीका साथ विक्री प्रबन्धक नियुक्त गरेको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।