४३ अर्बभन्दा बढीले पूँजीकरणमा वृद्धि, बैंकिङको शेयरमा लगानीकर्ताको आकर्षण

प्रतीकात्मक तस्वीर ।

Share News

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार कुल बजार पूँजीकरण ४३ अर्ब १४ करोड ४५ लाख रुपैयाँले बढेको छ । बुधवार ४५ खर्ब ८ अर्ब ४२ करोड ८२ लाख रुपैयाँ रहेको कुल बजार पूँजीकरण बिहीवार ४५ खर्ब ५१ अर्ब ५७ करोड २८ लाख रुपैयाँ कायम भएको हो । 

यो दिन समग्र धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक शून्य दशमलव ९५ प्रतिशत बढ्दा कुल बजार पूँजीकरण समेत बढ्न पुगेको हो ।

बुधवार २२ दशमलव शून्य ४ अंकले बढेर २ हजार ७०५ दशमलव ९० विन्दुमा बन्द भएको नेप्से बिहीवार भने २५ दशमलव ८९ अंक बढेर २ हजार ७३१ दशमलव ८० विन्दुमा बन्द भएको हो ।

यो दिन २ हजार ७४३ विन्दुसम्म पुगेको नेप्से २ हजार ७०६ दशमलव ८९ विन्दुसम्म पुगेको थियो ।

निकै उतारचढावबीच बिहीवारको कारोबार पूरा भएको छ । यस दिन १६१ कम्पनीको धितोपत्र मूल्य बढेको छ भने ८७ कम्पनीको धितोपत्र मूल्य घटेको छ ।

माई खोला हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ८ दशमलव १५ प्रतिशत बढेको यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य भने सर्वाधिक ९ दशमलव ९२ प्रतिशत घटेको छ । 

माई खोला हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ ६२ पैसाले बढेर अन्तिम मूल्य ८८४ रुपैयाँ १५ पैसा कायम भएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य भने प्रतिकित्ता २५७ रुपैयाँ ६९ पैसाले घटेर अन्तिम मूल्य २ हजार ३४० रुपैयाँ ४० पैसा कायम भएको छ ।

यस दिनको कारोबारमा लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनेको छ । यसले आगामी दिनमा पनि बजार माथि जाने संकेत गर्छ । 

बिहीवार ९ अर्ब ६८ करोड रुपैयाँभन्दा बढीको २ करोड ६४ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । बुधवार ७ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको १ करोड ५८ लाखभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।

अघिल्लो कारोबार दिनभन्दा यस दिन कारोबार रकम र कित्ता बढेको हो । सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ ।

यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँभन्दा बढीको २ लाख ५२ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । यस कम्पनीको शेयर मूल्य भने शून्य दशमलव ५६ प्रतिशत अर्थात् प्रतिकित्ता १२ रुपैयाँ ८७ पैसाले घटेर अन्तिम मूल्य २ हजार ३०५ रुपैयाँ ७५ पैसा कायम भएको छ । 

यस दिन बैंकिङ समूहको शेयर खरीदमा लगानीकर्ताको आकर्षण देखिएको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक ३ दशमलव शून्य २ प्रतिशत बढेको हो । यस दिन व्यापारिक समूहको परिसूचक शून्य दशमलव ५३ प्रतिशत र जलविद्युत समूहको परिसूचक शून्य दशमलव २२ प्रतिशत घटेको हो । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।