खानी खोला हाइड्रोपावरको शेयर मूल्य समायोजन

Share News

काठमाडौं । बिहीवार खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कम्पनीको शपप्रतिशत हकप्रद शेयर निष्कासन प्रयोजका लागि मूल्य समायोजन गरेको हो ।

बिहीवार कायम कम्पनीको अन्तिम शेयर मूल्य ४२९ रुपैयाँ ११ पैसाका आधारमा नेप्सेले शतप्रतिशत हकप्रद शेयरपछिको मूल्य प्रतिकित्ता २६४ रुपैयाँ ५६ पैसा तोकिएको हो ।

यस कम्पनीले हकप्रद शेयर निष्कासनको मिति तय गर्न बाँकी छ भने असार २७ गते बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असार २६ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद शेयर खरीद गर्न सक्नेछन् । 

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १० गते हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ रहेको छ । सोही रकम बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी कम्पनीको हो ।

यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।