काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को पुनर्संरचनासँगै नयाँ स्टक एक्सचेञ्जलाई पनि लाइसेन्स दिइने बताएका छन् ।
बिहीवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अध्यक्ष श्रेष्ठले सरकारको निर्देशन अनुसार यी दुवै काम एकैचोटी अघि बढाउन खोजिएको बताए ।
उनले पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको समितिको प्रतिवेदन अनुसार अघि बढ्ने योजना रहेको सांसदहरूलाई जानकारी दिए । उक्त समितिले नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स दिन उपयुक्त हुने जनाएको थियो । नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिन कुनै कानूनी वाधा नरहेको प्रतिवेदनमा छ ।
त्यसैगरी उनले प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम भएका कम्पनीलाई आईपीओको अनुमति दिने/नदिनेबारे अन्योल भएको बताए । यसबारे प्रतिनिधि सभाको अर्थ र सार्वजनिक लेखा समितिले फरकफरक निर्देशन दिएकोले अन्योल बढेको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।