सञ्चालनमा आयो जिओ फ्लाइट, हवाई टिकटदेखि भ्रमण प्याकेजसम्मको सुविधा ​​एउटै प्लेटफर्मबाट

Share News

काठमाडौं । उपभोक्ताहरूलाई सरल र सस्तो मूल्यमा हवाई टिकट सहितको सेवा सुविधा उपलब्ध गराउने उद्देश्य अनुरूप ‘जिओ फ्लाइट’ सञ्चालनमा आएको छ ।

जोय ग्रूपले उपभोक्तालाई सहज रूपमा हवाई टिकट सहितको भ्रमण प्याकेज उपलब्ध गराउने उद्देश्यअनुरूप उक्त अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको हो ।

जोय ग्रूपले सञ्चालनमा ल्याएको जिओ फ्लाइटलाई हाल एन्ड्रोइट र आईओएस भर्सनमा मोबाइलमा डाउनलोड गर्न सकिनेछ । 

उपभोक्ताहरूलाई एउटै प्लेटफर्मबाट हवाई टिकटदेखि विभिन्न खालमा भ्रमण प्याकेजहरू उपलब्ध गराउने उद्देश्य अनुरूप जिओ फ्लाइट सञ्चालनमा ल्याइएको जिओ फ्लाइटका प्रबन्ध निर्देशक रमेश पौडेलले जानकारी दिए ।

‘अहिले धेरैजसो प्लेटफर्मबाट हवाई टिकट मात्रै लिन सकिने छ भने सो विषयमा थप जानकारी लिन सम्बन्धित कम्पनीका सम्पर्क व्यक्तिलाई सोधिरहनु पर्ने अवस्था छ,’ पौडेलले भने, ‘तर हामीले सञ्चालनमा ल्याएको उक्त प्लेटफर्मबाट सबै विषय एपबाटै बुझ्न सकिने छ, जसले अप्रेटर र उपभोक्ताबीचको ग्याप हटाउनेछ ।’

साथै जिओ फ्लाइटबाट हवाई टिकट खरीद गर्दा अन्य प्लेटफर्मभन्दा सस्तो हुनेसमेत उनले जानकारी दिए ।

आन्तरिक तथा बाह्य गरी दुवै खालका हवाई टिकट खरीद गर्न सकिने उक्त प्लेटफर्ममार्फत धार्मिक एवं व्यावसायिक भ्रमणको प्याकेट समेत उपलब्ध गराइने बताइएको छ ।

अनलाइनमार्फत जुनसुकै स्थानबाट समेत हवाई टिकट खरीदका साथै भ्रमण प्याकेज लिन सकिने उक्त प्लेटर्फममार्फत नयाँ व्यवसाय शुरुआत तथा सोसम्बन्धी व्यवस्थापनको समेत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।