काठमाडौं । नेपाल राष्ट्र बैंकले चेक अनादर (बाउन्स) गरेको प्रमाणित गर्ने कार्यविधि जारी गरेको छ ।
संघीय संसदले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधानलाई परिवर्तन गरेपछि राष्ट्र बैंकले पनि यसको कार्यविधि जारी गरेको हो ।
ऐनमा चेक अनादर गरेको व्यहोरा प्रमाणित गर्ने कार्यविधि राष्ट्र बैंकले निर्धारण गरेबमोजिम हुने प्रावधान छ ।
कार्यविधिमा चेक अनादर गर्नुअघि बैंकले सम्बन्धित व्यक्तिबाट निवेदन लिएर खातावाललाई यसबारेमा जानकारी दिनुपर्ने प्रावधान छ । ऐनले तोकेको ४५ दिनभित्र खातावालले रकम जम्मा नगरेमा चेक बाउन्स गर्न सकिने व्यवस्था गरिएको छ ।
चेक अनादर भएको व्यहोरा प्रमाणित गर्ने बैंक, वित्तीय संस्था वा सहकारी बैंकले धारकसँग कुनै किसिमको शुल्क लिन नपाइने कार्यविधिमा व्यवस्था छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।