काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अन्तिम तयारी गरेको छ । त्यसैका लागि बिहीवारको सञ्चालक समिति बैठकमा मौद्रिक नीतिमा लेखिने वर्तमान आर्थिक परिदृश्यबारे छलफल भएको एक सञ्चालकले बताए ।
शुक्रवार पनि सञ्चालक समिति बैठक डाकिएको छ । उक्त बैठकमा आगामी आर्थिक वर्षको नीतिगत व्यवस्थाबारे छलफल हुने ती सञ्चालकले बताए । कुनै विषयमा विवाद नभए शुक्रवार नै मौद्रिक नीति जारी हुन सक्ने उनको भनाइ छ ।
राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने संकेत गरेको छ । गभर्नर विश्व पौडेलले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा चाहिने उल्लेख गर्दै नयाँ बैंक लाइसेन्स खुला गर्ने संकेत हालै प्रतिनिधिसभाको अर्थ समिति बैठकमा गरेका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।