असार २१, बेइजिङ (चीन) । इटलीका खेलाडी जर्जियो चिलेनीलाई मैदानमै टोकेपछि ४ अन्तरराष्ट्रिय खेलमा प्रतिबन्ध लाग्नु सुआरेजको खेल जीवनको नराम्रो पाटो हो । तर, उनले जसरी चिलेनीलाई टोके, त्यसले भने व्यावसायिक रूप पाउन थालेको छ । उनको टोकाइको आकृति बनाएर चिनियाँ ई–कमर्श सञ्चालक अलिबाबाले बोटल ओपनर बनाएर त्यसको विक्री शुरू गरेको छ । सुआरेजले चिलेनीलाई टोकेको तस्वीरलाई फोटोशपमार्फत प्लाष्टिकको आकृति दिएर ओपनर निर्माण गरिएको थियो । सो ओपनरलाई १५ युआन (अढाइ डलर)मा विक्री गरिँदै आएको छ । शुरूमा कम्पनीले यसबारेमा नसोचे पनि यसले विस्तारै व्यावसायिक रूप पाउन थालेको कम्पनीको भनाइ छ । ओपनरमा सुआरेजको मुखको आकृतिबाट बोटल खोल्न सक्ने किसिमको व्यवस्था गरिएको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।