-जारी विश्वकपमा सबैभन्दा बढी गोल हुने रङ्गशाला कुन हो ?
साल्भाडोर शहरस्थित एरिना फोण्टी नोभा (२४ गोल)
-हालसम्म सबैभन्दा बढी दर्शक उपस्थित भएको खेल कुन हो ?
अर्जेण्टिनाविरुद्ध बोस्निया हर्जगोभिना (७४ हजार ७ सय ३८ जना)
-प्रतिस्थापन खेलाडीका रूपमा प्रवेश गर्ने विश्वकप इतिहासका सबैभन्दा बढी उमेरका खेलाडी को हुन् ?
फर्याद मोण्ड्रागन (कोलम्बिया)
-अफ्रिकी महादेशबाट विश्वकपमा सबैभन्दा बढी गोलको कीर्तिमान कसको नाममा र≈यो ?
आशामोह ज्ञान (घाना)
प्रतियोगिता शुरू भएयता सहभागी टोलीका कति जना प्रशिक्षकले आफ्नो पद त्यागको घोषणा गरिसकेका छन् ?
आठ जना (होण्डुरस, जापान, इटली, नाइजेरिया, स्वीट्जरल्याण्ड, आइभरीकोष्ट, इरान र अल्जेरिया)
-कुन कुन दुई टोलीले एकै खेलमा ५ गोल गरे ?
नेदरल्याण्ड्स र फ्रान्स
-ती कुन खेलाडी हुन्, जसले जारी प्रतियोगितामा गरेको ह्याट्रिक विश्वकप इतिहासको ५०औं ह्याट्रिक बन्न पुग्यो ?
जर्दान साक्वीरी (स्वीट्जरल्याण्ड)
-कतिओटा खेलहरू विनागोल बराबरीमा टुङ्गिए ?
६ ओटा
-कुन खेलबाट विश्वकपमा ‘कूलिङ ब्रेक’ दिन थालियो ?
नेदरल्याण्ड्सविरुद्ध मेक्सिको
(प्रि–क्वार्टरफाइनल)
-कुन खेलाडीले कोष्टारिकाविरुद्ध आफूले गोल गरेमा बेलायतकी महारानीसँग चुम्बन गर्ने इच्छा व्यक्त गरेका थिए ?
मारियो बालाटेली (इटली)
स्रोत : बीबीसी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।