रोमाञ्चक फूटबलका लागि चर्चित दुई महादेशका ‘पावरहाउस’ अर्जेण्टिना (दक्षिण अमेरिका) र नेदरल्याण्ड्स (यूरोप)बीचको दोस्रो सेमिफाइनल खेलले फूटबलप्रेमीलाई सन् १९७८ को विश्वकप फाइनलको झझल्को दिनेछ । ३६ वर्षअघिको सो विश्वकपमा आयोजक अर्जेण्टिना नेदरल्याण्ड्सलाई ४–० ले हराउँदै पहिलोपटक विश्वच्याम्पियन बनेको थियो । यस खेलमा दर्शकले स्टार खेलाडीद्वय लियोनल मेसी र आर्जेन रोब्बेनबीचको वास्तविक भिडन्त देख्न पाउनेछन् ।
प्रारम्भमा अपत्यारिलो टोलीका साथ विश्वकप यात्रा शुरू गरेको नेदरल्याण्ड्स सेमिफाइनल पुग्नेमा धेरैको शङ्का थियो । तर, जारी विश्वकपका सबै खेलमा शतप्रतिशत नतीजा निकाल्दै सेमिफाइनलसम्म पुग्दा टोलीलाई कप्तान रोविनभान पर्सी, रोब्बेन, स्नाइडरजस्ता खेलाडीको उच्च साथ मिलेको छ । यस्तोमा प्रशिक्षक लुइज भान गालको चतुर रणनीति पनि खेल जित्ने मुख्य हतियार बन्दै आएको छ । क्वार्टरफाइनलअन्तर्गत कोष्टारिकासँगको खेलमा निर्धारित समय सकिन केही सेकेण्ड मात्र बाँकी रहँदा गालले नियमित गोलरक्षक जास्पर किलेसिनको स्थानमा टीम क्रुललाई पठाए । ट्राइब्रेकरमा पुगेको सो खेलमा क्रुलले दुई पेनाल्टी प्रहारको बचाउ गरे र टोलीलाई सेमिफाइनलमा पु¥याए । गालले अर्जेण्टिनासँगको खेलमा भने जास्परलाई नै निरन्तरता दिने सम्भावना छ ।
सेमिफाइनलमा अर्जेण्टिना भने बढी दबाबमा हुनेछ । उत्कृष्ट फर्ममा रहेको प्रशिक्षक अलेक्जान्द्रो सावेलाको टोली अर्जेण्टिनाले महŒवपूर्ण खेलमा स्ट्राइकर एञ्जल डी–मारियालाई गुमाएको छ । तिघ्राको चोटका कारण बाहिरिएका उनको स्थानमा फर्नाण्डो गागो र म्याक्सी रोड्रिगेजमध्ये एक जना खेल्नेछन् । तर, चोटबाट मुक्त भएका सर्जियो अगुइरो टोलीमा फर्किएका कारण सावेलाले केही राहत महसूस गरेका छन् । एक खेलको प्रतिबन्ध कटाइसकेका डिफेण्डर मार्कोज रोजेले जोजे मारिया बसन्तलाई प्रतिस्थापन गर्न सक्छन् । तर, अर्जेण्टनाको भाग्य पुनः एकपटक स्टार फरवार्ड मेसीको प्रदर्शनमा भर पर्नेछ । जारी विश्वकपअन्तर्गत पाँच खेलबाट ४ गोल गरिसकेका उनले चारपटक ‘म्यान अफ दी म्याच’को उपाधि जितेका छन् ।
जुनसुकै परिस्थितिमा पनि खेलमा फर्कने सक्ने क्षमता भएको टोली अर्जेण्टिना र आक्रामक फूटबल पस्कने नेदरल्याण्ड्स यसअघि समान ४÷४ पटक विश्वकप फूटबलको सेमिफाइनलमा पुगेका छन् । हालसम्म सेमिफाइनलमा पराजित नभएको अर्जेण्टिना दुईपटक (सन् १९७८ र १९८६)को विश्वविजेता हो । तीनपटक सेमिफाइनलमा जित हात पारे पनि नेदरल्याण्ड्सले भने हालसम्म उपाधि जित्न सकेको छैन । यी दुई टोलीबीचको भेटमा भने नेदरल्याण्ड्सको पल्ला भारी छ । यसअघि आठपटक अन्तरराष्ट्रिय भेटमा अर्जेण्टिनाले १ खेलमात्र जितेको छ । ३ खेल बराबरीमा सकिएको छ भने ४ खेलमा नेदरल्याण्ड्स विजयी भएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।