कीर्तिमानहरू तोडिएको सेमिफाइनल

Share News


ब्राजिलविरुद्ध जर्मनीले ७–१ को अपत्यारिलो र ऐतिहासिक जित निकालेको पहिलो सेमिफाइनल प्रतिस्पर्धामा दुवै टोलीबाट थुप्रै नयाँ कीर्तिमान कायम भएका छन् । ब्राजिलको बेलो होरिजोण्ट शहरस्थित ‘एष्टाडियो मिनेराओ’मा सम्पन्न सो खेलबाट नयाँ कायम भएका र तोडिएका केही कीर्तिमानहरू :
 
-यस खेलमा छोटो समयमा सर्वाधिक गोल सम्भव भए । ६ मिनेटभित्र ४ गोल सम्भव पारेको जर्मनीले खेलको २३औं मिनेटदेखि २९औं मिनेटभित्र ती गोल गरेको थियो ।

-विश्वकप सेमिफाइनलमा सबैभन्दा ठूलो अन्तरले पराजित हुने टोलीको कीर्तिमान ब्राजिलका नाममा र≈यो । यसअघि सन् १९३० मा अर्जेण्टिनाले अमेरिका र उरुग्वेले युगोस्लाभियाविरुद्ध समान ६–१ अन्तरको जित निकालेका थिए । सन् १९५४ मा पश्चिम जर्मनीले अष्ट्रियालाई पनि ६–१ कै अन्तरले हराएको थियो ।

-सन् १९२० को कोपा अमेरिकामा उरुग्वेसँग ६–० को हार बेहोरेपछि ब्राजिलले अन्तरराष्ट्रिय फूटबलमा सबैभन्दा फराकिलो अन्तरको हार बेहो¥यो ।

-ब्राजिलले जारी विश्वकपमा ११ गोल बेहो¥यो । यो गोल सङ्ख्या सन् १९३८ को विश्वकपमा ब्राजिलले खाएको गोलसँग बराबरी कीर्तिमान हो ।

-सन् १७७५ पछि ब्राजिलले पहिलोपटक घरेलु मैदानमा हार बेहो¥यो । सो वर्ष कोपा अमेरिकाको सेमिफाइनलमा पेरुले ब्राजिललाई ३–१ गोलले हराएको थियो ।

-ब्राजिलले विश्वकप इतिहासमा पहिलोपटक ७ गोल बेहो¥यो ।

-जर्मनीका मिरोस्लाभ क्लोज विश्वकपका सर्वाधिक (१६ गोल) गोलकर्ता बने । उनले ब्राजिलका रोनाल्डो (१५ गोल)को कीर्तिमान तोडेका हुन् । उनी लगातार चौथो विश्वकप सेमिफाइनल खेल्ने पहिलो खेलाडीसमेत बने ।

-थोमस मुलरले खेलको ११औं मिनेटमा गरेको गोल जर्मनीले अन्तरराष्ट्रिय फूटबलमा गरेको २ हजारौं गोल थियो । फ्रेट्ज बेकरले सन् १९०८ मा जर्मनीका लागि पहिलो गोल गरेका थिए ।

-यस खेलपछि जर्मनीले विश्वकप गोल सङ्ख्या २ सय २३ पु¥यायो । यसअघि यो कीर्तिमान ब्राजिल (२ सय २० गोल)को नाममा थियो ।

-जर्मनीले जारी विश्वकपमा गोल सङ्ख्या १७ पु¥याएको छ । यसअघि सन् १९५८ को विश्वकप ट्रफी उचाल्नुअघि जर्मनीको गोलसङ्ख्या २५ पुगेको थियो ।

-जर्मनीका थोमस मुलरले विश्वकप गोल सङ्ख्या १० पु¥याए । उनले दुईओटा विश्वकप प्रतियोगितामा मात्र खेलेका छन् ।

-जर्मनी विश्वकप इतिहासमा ८औंपटक फाइनलमा प्रवेश ग¥यो । पछिल्लोपटक सन् १९९० मा उपाधि उचालेको जर्मनी २००२ मा उपविजेता बनेको थियो ।

-जर्मनीले ब्राजिलविरुद्ध पहिलो हाफमा ५ गोल ग¥यो । यसअघि विश्वकप इतिहासमा २ खेलमा मात्र पहिलो हाफमा सो सङ्ख्यामा गोल भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।