जर्मन स्ट्राइकर मिरोस्लाभ क्लोजले ब्राजिलविरुद्धको खेलमा १६ गोल गरेर नयाँ विश्वकप कीर्तिमान बनाएका छन् । इटालियन क्लब सोसिएटा स्पोर्टिभा लाजियोबाट खेल्ने यी ३६ वर्षीय फरवार्डले २३औं मिनेटमा गोल गरेपछि ब्राजिलका पूर्वफूटबलर रोनाल्डोको गोल सङ्ख्यालाई नाघेका छन् । समूह चरणको घानाविरुद्धको खेलमा १५औं गोल गरेर रोनाल्डोको बराबरी कायम गरेका उनले बुधवार २३औं मिनेटमा गरेको प्रहार १६औं गोल बन्न पुग्यो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।