विश्वकपका लज्जास्पद हारहरू

Share News


फिफा विश्वकपका लज्जास्पद हारहरूको शृङ्खलामा आयोजक ब्राजिलको राष्ट्रिय टोली ‘सेलेकाओ’ले सेमिफाइनलमा जर्मनीसँग बेहोरेको पराजय पनि जोडिन पुगेको छ । प्रशिक्षक जोआकिम लोको टोलीले १८ मिनेटको अन्तरालमा ५ गोल गरेर बेलो होरिजोण्टेका सारा दर्शकलाई स्तब्ध पार्दै ७–१ को फराकिलो जित हात पार्‍यो । यस्तै लज्जास्पद हारका केही उदाहरण यसप्रकार छन् :

जर्मनी (८)–साउदी अरेबिया (०) : २००२

जर्मनीले साउदी अरेबियाको कमजोर टोलीलाई ८–० को फराकिलो अन्तरले हराउँदै जर्मनीको विश्वकप इतिहासकै महान जितका रूपमा यो जित दर्ता गरेको थियो । सो खेलमा मिरोस्लाभ क्लोजले ≈याट्रिक गरेका थिए भने माइकल बालाक, कारष्टन जान्केर, थोमस लिन्के, ओलिभर बेयरहोफ र बण्र्ड स्नाइडरले १–१ गोल गरे । जर्मनीले लक्ष्यमा १५ प्रहार गरेको थियो भने प्रतिष्पर्धी टोलीले एकपटक पनि प्रहार गर्न सकेन । यो हार सन् १९८२ यताकै सबैभन्दा फराकिलो हार बन्यो । त्यसैगरी सन् १९७४ यता कुनै पनि गोल गर्न नसकी ठूलो अन्तरमा हारिएको खेलको दर्जा पनि यसैले पाएको छ ।

हङ्गेरी (८)–पश्चिम जर्मनी (३) : १९५४
सन् १९५० बाट हङ्गेरीका प्रशिक्षक गुस्ताभ सेबेसले टोलीमा कडाइ थाले । उनले अख्तियार गरेको ३–२–१–४ को शैलीमा खेलेको १९५० देखि १९५६ बीचका ५० खेलमा ४२ ओटामा जित, ७ मा बराबरी र एउटामा मात्रै हार बेहोरेको थियो । स्वीट्जरल्याण्डमा भएको छनोट चरणको खेलमा दक्षिण कोरियालाई ९–० ले हराउँदै विश्वकप यात्रा शुरू गरेको हङ्गेरीले विश्वकपको दोस्रो खेलमा पश्चिम जर्मनीलाई ८–३ को अन्तरले हराएको थियो । साण्डोर कोक्सीसले ४ गोल, नाण्डोर हाइडेगकुटीले २ गोल र फेरेन्स पुस्कास तथा जोज्सेफ टोथले १÷१ गोल गरेर कुल ८ अङ्क जोडेका थिए । तर, समूह चरणमा ८–३ को फराकिलो अन्तरले हराएकै टोलीसँग फाइनलमा २ गोल गरेर ३ गोल खाँदै हार्न पुगेको थियो ।

पश्चिम जर्मनी (६)–अष्ट्रेलिया (१) : १९५४
हङ्गेरीसँग नराम्रो हार खाएको पश्चिमी जर्मनीले टर्कीलाई ७–२ ले हराउँदै समूह चरण पार ग¥यो । नकआउट चरणमा युगोस्लाभियालाई शून्यका विरुद्ध २ गोलले हरायो । सेमिफाइनलमा अष्ट्रेलियासँग पश्चिम जर्मनीले ६–१ को प्रभावशाली जित हात पारेको थियो । र, अविजित बनिरहेको हङ्गेरी आफैले समूह चरणमा ८–३ को अन्तरले हराएको जर्मनीसँग ३ गोल खाएर रनरअपमा समेटिन पुग्यो । अफ्रिकी टोलीको विश्वकप इतिहासमा जाइरे नै सबैभन्दा कम अङ्क पाउनेमा पर्छ ।

युगोस्लाभिया (९)–जाइरे (०) : १९७४
तानाशाह मोबुतु सेसे सेकोद्वारा प्रवर्तित अफ्रिकन नेशन्स च्याम्पियन जाइरेको राष्ट्रिय टोली जर्मनीमा आयोजित १९७४ को विश्वकपमा निकै उत्साहका साथ प्रवेश गरेको थियो । स्कटल्याडसँग विश्वकपमा पहिलो खेल खेलेको जाइरे २–० ले हार्न पुग्यो । त्यसपछि, ब्राजिलसँग ३–० ले हारेपछि युगोस्लाभियासँग अन्तिम अर्थात् तेस्रो खेल खेलेको जाइरेले ९ गोल खायो भने १ गोल पनि गर्न सकेन र कुल १४ गोल खाँदै समूह चरणबाटै दुःखदायी बहिर्गमन भयो । यसअघि सन् १९५४ मा दक्षिण कोरिया समूह चरणको तीन खेलमा १६ गोल खाएर बाहिरिएको थियो ।

अर्जेण्टिना (६)–पेरू (०) : १९७८
सन् १९७८ को विश्वकपमा अर्जेण्टिनाले पेरूमाथि शून्यका विरुद्ध ६ गोल गरेको थियो । उक्त खेललाई त्यो विश्वकपकै अविश्वसनीय नतीजा मानिएको छ । पेरूको टोली कोपा अमेरिकाको च्याम्पियन थियो । दोस्रो चरणको खेलमा पुग्न सके पनि पेरूले अर्जेण्टिनासँगको खेलमा ६ गोल खाँदै बाहिरियो । हुन त उसको बहिर्गमन सम्मानजनकै थियो । तर, अर्जेण्टिनाका तानाशाह जोर्ज भिडेला र पेरूका कार्यवाहक राष्ट्रपति फ्रन्सिस्को बर्मुडेजाबीचको खेलहारजितको सम्झौता भएको लज्जास्पद आरोप लाग्यो । यो खेल मिलेमतोका कारण निकै विवादास्पद बन्न पुग्यो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।