ब्राजिलियन प्रशिक्षकको सम्झौता नवीकरण नहुने

Share News


ब्राजिल फूटबल कन्फेडेरेशन (सीबीएफ)ले प्रशिक्षक लुइस फिलेप स्कोलारीको अनुबन्धन नवीकरण नगर्ने भएको छ । योसँगै प्रशिक्षक स्कोलारी आफ्नो पदबाट मुक्त हुनेछन् । ब्राजिलको स्थानीय पत्रिकाले जनाएअनुसार विश्वकप फाइनल खेल समाप्त भएलगत्तै सीबीएफले यस्तो निर्णय गरेको हो । जर्मनी र नेदरल्याण्ड्ससँग लज्जास्पद हार बेहोरेपछि स्कोलारी स्वयम्ले प्रशिक्षक पदमा बस्न नचाहेको बताएका थिए । सन् १९५९ मा उरुग्वेसँग फाइनलमा बेहोरेको हारपछि जर्मनीविरुद्धको खेललाई ब्राजिलको अर्को लज्जास्पद हारका रूपमा विश्लेषण गरिएको थियो । ब्राजिलले सन् २००२ मा जापानमा विश्वकप विजेता हुँदा पनि स्कोलारीले नै प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । ब्राजिलले सन् २०१४ को विश्वकप आयोजना गर्ने भएपछि सन् २०१२ को डिसेम्बर महीनामा उनलाई पुनः प्रशिक्षकका रूपमा नियुक्त गरिएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।