रोमेरो कीर्तिमानी गोलरक्षक

Share News


विश्वकप फूटबलको २०औं संस्करणको फाइनलमा १ गोल बेहोरेका अर्जेण्टिनाका गोलरक्षक रोमेरो सर्जियोले विश्वकप इतिहासमा सबैभन्दा बढी समय गोल नखाने तेस्रो गोलरक्षकको कीर्तिमान बनाएका छन् । सोमवार बिहान विश्वकप फाइनलमा जर्मनीका मारियो गोएट्जेले जितका लागि निर्णायक गोल गर्दा रोमेरोले प्रतियोगितामा ४ सय ८६ मिनेटपछि पहिलो गोल बेहोरेका हुन् ।

इटलीका वाट्लर जीन्गाको नाममा सर्वाधिक लामो समय (५ सय ७१ मिनेट)सम्म गोल नखाने कीर्तिमान कायम छ । सो कीर्तिमानको दोस्रो स्थानमा पीटर सिल्टन (४ सय ९९ मिनेट) रहेका छन् । फाइनल खेलमा बाहेक रोमेरोले नकआउट चरणका कुनै पनि खेलका गोल बेहोरेनन् । रोमेरो प्रतियोगितामा ‘गोल्डेन ग्लोभ्स’का समेत दावेदार थिए । तर, टोली जर्मनीसँग १–० ले पराजित भएसँगै सो उपाधि जर्मनीका गोलरक्षक म्यानुअल नोयरले हात पारे ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।