नेपालमा म्युचुअल फण्ड विकासका समस्या

Share News

नेपालमा म्युचुअल फण्ड विकासका समस्या
रवीन्द्र भट्टराई


नेपालमा शेयर बजारको सन्तुलित विकासका लागि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) को आवश्यकता धेरै क्षेत्रबाट महसूस भएको छ । यससम्बन्धी नियमावलि आएको पनि लामो समय भइसक्यो । तर पनि, फण्ड प्रवर्द्धन गर्ने कम्पनीको आकर्षा भने देखिएन ।
 
म्युचुअल फण्ड विशेषगरी पैसा भएका तर लगानीसम्बन्धी ज्ञान नभएका, लगानीसम्बन्धी ज्ञान भए पनि पर्याप्त पैसाको अभावका कारण लगानीलाई विविधीकरण गर्न नसक्ने र समय अभावका कारण पर्याप्त सूचना तथा समाचार सङ्कलन गरी लगानीलाई व्यवस्थित गर्न नसक्ने लगानीकर्ताका लागि लगानीको उपयुक्त माध्यम मानिन्छ । नेपालमा पूँजीबजारको व्यावसायिक विकास हुन नसकिरहेको, शहरी क्षेत्रका मानिसको व्यस्तता बढ्दै गएको तथा शेयर बजारमा सानो पूँजी भएका व्यक्तिको लगानीप्रतिको आकर्षण बढ्दै गएकाले 'म्युचुअल फण्ड'को राम्रो बजार देखिन्छ । तर पनि, म्युचुअल फण्ड स्थापना गर्नेको आकर्षण किन भएन भन्ने जिज्ञासा रहेको छ ।

नेपालमा म्युचअल फण्डको प्रशस्त सम्भावना भएर पनि प्रवर्द्धक आकर्षित नहुनुमा केही कारण छन् । पहिलो कारण, नेपालमा आफ्नो पूँजी कम प्रयोग गरी अर्काको पूँजीमा मोजमस्ती गर्ने संस्थाहरू प्रवर्द्धक रहेका छन् । त्यसकारण उनीहरू यसप्रति कम आकर्षित भएका हुन् । फण्ड प्रवर्द्धकको चुक्ता पूँजी कम्तीका १ अर्ब रुपैयाँ हुनुपर्ने कानूनी प्रावधान छ । नेपालमा प्रवर्द्धनका लागि यो नै प्रमुख समस्या बनेको छ । यस व्यवस्थाले वाणिज्य बैङ्क मात्रै यसका प्रवर्द्धक बन्न सक्छन् । तर, अहिले पूँजीबजार घटिरहेको र अनिश्चितता कायम रहेको अवस्थामा यिनले जोखिम लिन चाहेका छैनन् ।

यसभन्दा पनि महत्वपूर्ण म्य

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।