नरेन्द्र मोदीको एप सार्वजनिक

Share News

प्रत्यक्ष साक्षात्कार गर्ने अवसर

काठमाडौं  । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै नाममा वैधानिक एप सार्वजनिक गरेका छन् । जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन सकियोस् भन्ने सोचले एपको निर्माण गरिएको बताइएको छ । ‘नरेन्द्र मोदी एप सार्वजनिक गरिएको छ,’ उनले ट्विटरमार्फत भनेका छन्, ‘आउनुहोस् मोबाइलमार्फत जोडिऔं ।’ एण्ड्रोइडमा आधारित फोनका लागि सार्वजनिक गरिएको एप गूगल प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । ४ दशमलव २ एमबी साइजको यो एपलाई प्रयोगकर्ताले ४ दशमलव ८ रेटिङ दिएका छन् । जुन १९ मा सार्वजनिक गरिएको यो एप अहिलेसम्म ८ हजारले डाउनलोड गरिसकेका छन् । सूचना, जानकारीलगायत प्रस्तुत गर्ने एपको माध्यमबाट आफ्नो इच्छाअनुसार विभिन्न कार्यमा संलग्नसमेत हुन सकिने बताइएको छ । साथै, एपको माध्यमबाट प्रत्यक्ष रूपमा मोदीका सन्देश तथा ईमेल पनि प्राप्त गर्न सकिन्छ ।

विशेषता
–    समयसापेक्ष अपडेट तथा ताजा समाचार प्राप्त गर्न सकिने
–    प्रधानमन्त्रीबाट सीधै ईमेल तथा सन्देश प्राप्त गर्न सकिने
–    प्रधानमन्त्रीसँग ‘मनको कुरा’
–    ‘टू डू टास्क’ फिचरका माध्यमबाट काम गरेबापत सम्मानको व्यवस्था
–    प्रधानमन्त्रीसँग प्रत्यक्ष कुराकानी गरी सल्लाह तथा सुझाव दिन सकिने
–    प्रधानमन्त्रीको ब्लग पढ्न सकिने
–    ‘बायोग्राफी’ सेक्शनका माध्यमबाट उनका बारेमा पृथक् तथा रोचक जानकारी पाउन सकिने
–    मोदीका प्रयास तथा सफलताबारे जानकारी
–    विभिन्न विषयमा इन्फोग्राफिक्सलगायत जानकारीमूलक सामग्रीको उपलब्धता

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।