सोनीको एक्सपेरिया एमफोर एक्वा सार्वजनिक

Share News


काठमाडौं । मोबाइल कम्पनी सोनीले भारतीय बजारमा आफ्नो नयाँ फोन एक्सपेरिया एमफोर एक्वा सार्वजनिक गरेको छ । यसको मूल्य भारू २४ हजार ९ सय ९० तोकिएको छ । कालो, सेतो र कोरल गरी तीन भिन्न रङमा उपलब्ध यो स्मार्टफोन पछिल्लो वर्षको अगष्टमा सार्वजनिक गरिएको एमटूको परिष्कृत भर्जन हो । कम्पनीले मोबाइल वल्र्ड कङ्ग्रेसको अवसरमा नयाँ फोन सार्वजनिक गरेको हो । एण्ड्रोइड ५.० ललिपपमा आधारित यो फोन एलटीई र डुअल सिम गरी दुई भर्जनमा उपलब्ध हुनेछ । यसमा ७२०×१२८० पिक्सेल रेजोल्युशनसहितको ५ इञ्च एचडी डिस्प्लेको प्रयोग गरिएको छ । ६४ बिट अक्टाकोर प्रोशेसरको प्रयोग गरिएको यो फोन क्वालकम स्न्यापड्रागन ६१५, एड्रिनो ४०५ जीपीयूमा आधारित छ । यसमा २ जीबी ¥यामको प्रयोग गरिएको छ भने ८ र १६ जीबी आन्तरिक सञ्चय क्षमता छ । साथै, ३२ जीबीसम्मको एक्ष्टर्नल मेमोरीको प्रयोग गर्न सकिने कम्पनीले बताएको छ । फोनमा धूलो तथा पानी प्रतिरोधी प्रविधिको प्रयोग गरिएको छ ।

तस्वीरका पारखीका लागि यसमा एलईडी फ्ल्याससहितको १३ मेगापिक्सेल रियर क्यामेरा र ५ मेगापिक्सेल फ्रण्ट क्यामेरा उपलब्ध छ । २ हजार ४ सय एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको यो फोनले १३ घण्टासम्म टक टाइम र ७ सय ७९ घण्टा स्ट्याण्डबाई ब्याकअप दिने क्षमता राख्छ । कनेक्टिभिटी अप्शनका लागि फोनमा ब्लूटूथ, वाईफाई, एनएफसी जीपीएस र माइक्रो यूएसबीका साथै थ्रीजी तथा फोरजी सपोर्ट पनि उपलब्ध छ । (एजेन्सी)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।