रौतहट (अस) । रौतहटको चन्द्रपुर १४ स्थित सन्तपुर मर्धरमा रहेको जनएकता प्राथमिक विद्यालय विगत ४ वर्षदेखि बन्द छ । विद्यालय बन्द भएपछि डेस्क बेञ्चलगायत सामग्रीहरू भाँचिनुका साथै चोरीसमेत हुने गरेको छ । स्थानीय रामशरण मोक्तानका अनुसार विद्यालय भवनबाट फर्निचरलगायत सामान चोरीका साथै भवन नै अलपत्र भएको हो । विद्यालय बन्द हुँदा करीब २ किलोमिटरको बाटो हिँडेर सिन्दुरेघारीको विद्यालयमा विद्यार्थी जान बाध्य छन् । २०५४ सालमा स्थापना भएको सो विद्यालय खुल्नतर्फ कसैले चासो नदिएको सहायक रामबहादुर तामाङले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।