शैक्षिक महोत्सवमा विद्यालयको उल्लेख्य सहभागिता हुने

Share News

काठमाडौं (अस) । दाङको घोराहीमा आगामी मङ्सिर ३० देखि पुस ६ गतेसम्म सातौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव हुने भएको छ । पठन संस्कृतिलाई बढावा दिँदै समग्र शैक्षिक विकासका लागि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ जिल्ला कार्यसमितिले महोत्सवको आयोजना गर्न लागेको हो ।

शैक्षिक महोत्सव आयोजक समितिका संयोजक घनश्याम बरालका अनुसार घोराही र तुलसीपुरका विभिन्न विद्यालयमा महोत्सव मूल आयोजक समितिले भेट गरेर आर्थिक सहयोगसमेत सङ्कलन गरेको छ । पठन संस्कृतिको विकास गर्ने, विद्यार्थीहरूमा प्रतिस्पर्धी भावना जगाई क्षमता अभिवृद्धि गर्ने, साहित्य र सृजनालाई अभिप्रेरित गर्ने, शिक्षा र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्व एवम् संस्थाहरूलाई सम्मान गरी गौरवान्वित बनाउने तथा व्यवसाय प्रवद्र्धन गर्नुका साथै सर्जक, उत्पादक, वितरक, पाठक एवम् उपभोक्तालाई एकै ठाउँमा उपस्थित गराउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष बरालले बताए । यस्तै, महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने भएका छन् । शैक्षिक महोत्सवमा विभिन्न विद्यालयका सांस्कृतिक प्रस्तुति राखिनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।