इजोनको नयाँ कार्यसमिति गठन

Share News

काठमाडौं (अस) । शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)को नयाँ कार्यसमिति गठन भएको छ । वुधवार काठमाडौंमा सम्पन्न इजोनको सातौं साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो । नव गठित ११ सदस्यीय कार्यसमितिको अध्यक्षमा नयाँ पत्रिकाका भवानीश्वर गौतम निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा नागरिक दैनिकका रुबी रौनियार, महासचिवमा अन्नपूर्ण पोष्टका सूर्यप्रसाद पाण्डे, सचिवमा कान्तिपुर टेलिभिजनका नारायण लिम्बू र कोषाध्यक्षमा द काठमाण्डु पोष्ट दैनिकका विनोद घिमिरे चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरूमा आर्थिक अभियान दैनिककी दुर्गा लामिछाने, रेडियो कान्तिपुरकी पार्वता चौधरी, नेपाल टेलिभिजनका रविचन्द्र पराजुली, राष्ट्रिय समाचार समिति (रासस)का शरद शर्मा, राससकै विष्णु नेपाल र कमाण्डर पोष्टका रूपेश आचार्य निर्वाचित भएका छन् । सञ्जालका सबै पदका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

इजोन, विभिन्न सञ्चारमाध्यममा शिक्षा विषयमा समाचार लेख्ने, कार्यक्रम तयार पार्ने पत्रकारहरूको सञ्जाल हो । सञ्जालले शिक्षाका क्षेत्रमा नीतिदेखि कार्यान्वयन तहसम्मका विभिन्न सवालहरूमा समय सापेक्षित बहस तथा अध्ययन गर्दै आएको इजोनका निवर्तमान अध्यक्ष ईश्वरराज ढकालले बताए । ‘इजोनका गतिविधि हाम्रै विषयगत सामग्रीका साथै सम्बन्धित निकायहरूसँग समन्वयात्मक कार्य गर्न सहयोगी हुँदै आएका छन्,’ ढकालले भने, ‘यसलाई अझ सक्रिय रूपमा अघि बढाई शिक्षा पत्रकारहरूको महासङ्घ स्थापनातर्फ अघि बढ्नु आवश्यक भएको छ ।’

कार्यक्रममा निवर्तमान महासचिव भवानीश्वर गौतमले साङ्गठनिक प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष सूर्यप्रसाद पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।