क्याम्पस भवन शिलान्यास

Share News

मलेखु (धादिङ) । बैरेनी–८ गल्छीमा निर्माण गर्न लागिएको नमूना वागेश्वरी बहुमुखी क्याम्पसको शिलान्यास गरिएको छ । सांसदहरू राजेन्द्रप्रसाद पाण्डे र गुरुप्रसाद बुर्लाकोटीले हालै भवनको शिलान्यास गरेका हुन् ।  रू. ५ करोड २१ लाखको लागतमा बनाइने भवनमा ११ कोठा तथा सुविधासम्पन्न सभाकक्ष र बगैंचासमेत रहने व्यवस्थापन समितका सदस्य सुवास खतिवडाले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोगबाट रू. २५ लाख प्राप्त भएको र  बाँकी स्थानीय तथा अन्य सहयोगी दाता खोजेर निर्माण गर्न लागिएकाले सहयोग गर्न क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ नेपालले सबैलाई आग्रह गरे । स्नातक तहको क्याम्पसलाई स्तर वृद्धि गरी स्नातकोत्तर तहसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्यका साथ नयाँ भवन निर्माण शुरू गरिएको हो । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।