नेपालको उन्नतिका लागि जापान सँधै सहयोगी

Share News

मङ्सिर २१ वीरेन्द्रनगर । नेपालका लागि जापानी राजदूत माराशी ओगावाले नेपालको विकास र उन्नतिका लागि जापान सँधै सहयोगी भएको बताए ।

 नेपाल जापान ६० औं वर्ष पुरा भएको अवसरमा मध्यपश्चिमाचल विश्व विद्यालय सुर्खेतले आयोजना गरेको नेपाल जापान एक दिने अन्तक्र्रिया कार्यक्रममा बोल्ने क्रममा राजदूत ओगावाले यस्तो बताएका हुन् । उनले गरिबी पछौटेपन र विकासमा पछाडि रहेको प्रदेशको विकासकालागि विश्वद्यिालयमार्फत सहयोग आदन प्रदान गर्न सकिने सम्भावना रहेको पनि बताए । राजदूत ओगावाले विकासका लागि शिक्षामा लगानी गर्नुपर्ने वताए । उनले जापनका तर्फबाट शिक्षा सडक  र प्रविधि जस्ता क्षेत्रमा सहयोग गर्ने पनि बताए । 

त्यसैगरी विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले नेपालकै कान्छो विश्वविद्यालयका रूपमा रहेकको र संस्थागत विकासका लागि जापानका राजदूत मार्फत यस विश्वविद्यालयमा  अध्ययनरत विद्यार्थीहरुलाई जापानका विश्वविद्यालयहरुमा उच्च शिक्षा र जीवनउपयोगी शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्न गरिदिन राजदूतलाई आग्रह गरे । कार्यक्रममा जिल्लामा क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि , स्थानीय विकास अधिकारी अमृत लम्साल ,विश्वविद्यालयका विभिन्न सङ्कायका डीन, निर्देशक,प्राध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

 

 

 

 

 

 

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।