सातौं राष्ट्रिय शैक्षिक महोत्सवको ७५ प्रतिशत तयारी पूरा

Share News

यही मंसिर ३० गतेदेखि पुष ६ गतेसम्म दाङको घोराहीमा सञ्चालन हुन लागेको सातौं राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सव–२०७३ को तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको करीब ७५ प्रतिशत तयारी पूरा भएको महोत्सव आयोजक संस्था नेपाल स्टेशनरी व्यवसायी महासङ्घ दाङ शाखाले बताएको छ ।

घोराहीको साल्टट्रेडिङ्को मैदानमा सञ्चालन हुने शैक्षिक महोत्सवको स्टल निर्माण, सचिवालय निर्माण, मूल गेट निर्माणलगायतका काम सम्पन्न भइसकेको नेपाल स्टेशनरी व्यवसायी महासङ्घ दाङ शाखाका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक घनश्याम बरालले जानकारी दिएका छन् ।

महोत्सवमा करीब ८० ओटा स्टलहरु रहने र त्यसमा नेपाल भरकै पुस्तक व्यवसायीहरुको सहभागीता हुने उनले बताए । अहिले स्टल बुकिङ्, प्रचारप्रसार, महोत्सव सफल पार्नका लागि विभिन्न निकायहरुसँग छलफल गर्ने र उनीहरुलाई महोत्सवमा सहभागीताका लागि पत्राचारको काम भइरहेको आयोजकले बताएको छ ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।