बाल साहित्यको पुस्तक नेपाल भाषामा

Share News

काठमाडौं । लेखिका मीना वज्राचार्यले बालबालिकाका लागि नेपाल भाषामा लेखेको ‘झी मस्त झीगु बाखं’ (हामी बालबालिका हाम्रो कथा) नामक पुस्तक बजारमा आएको छ । कथासङ्ग्रहमा सामान्य परिवारका समिरको जन्मदिनमा केक नकाटिँदाको बाल मनोविज्ञान, बार्बी डलमा सुवीर, सदीक्षा र कृष्णमायाको मित्रताको शिक्षालगायत विषयका १० कथा समावेश गरिएको छ । नेपाल भाषामा बालबालिकालाई आकर्षण गरी सम्बन्धित भाषा तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सो पुस्तक तय्जु पब्लिकेशनले प्रकाशन गरेको हो ।

कृतिको विमोचन कार्यक्रमा समाजसेवी विनोद तुलाधरले सांस्कृतिक अतिक्रमणले नेपाल भाषाका साहित्य तथा संस्कृति हराउन थालेको अवस्थामा सृजना गरिएको सो कृति बालबालिकाका लागि मात्र नभएर नेपाल भाषाको साहित्यमा महत्त्वपूर्ण हुने विचार व्यक्त गरे । नेपाल भाषाको उत्थानका लागि दरबारमार्ग क्षेत्रमा नेवा स्कुल सञ्चालन गरिएको जानकारी पनि उनले दिए ।

पुस्तकका सम्पादक नरेशवीर शाक्यले नेवार बस्ती भएका स्थानमा नेपाल भाषामा अध्ययन–अध्यापन गराउने गरी विद्यालय खोल्नुपर्नेमा जोड दिए । तय्जु पब्लिकेशनका अध्यक्ष शीला यमीले नेवारी सभ्यता तथा परम्पराको संरक्षणका लागि पुस्तक प्रकाशन गरिएको बताइन् । रासस

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।