सात गाविस पूर्ण साक्षर घोषणा

Share News

डँडेलधुरा । डँडेलधुरा जिल्लाका सात गाविसलाई विभिन्न सूचकका आधारमा पूर्ण साक्षर घोषणा गरिएको छ । १५ देखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्णहरू लेख्न–पढ्न सक्ने, सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिह्न बुझ्ने, रुपैयाँको हिसाब गर्न सक्नेजस्ता सातोटा सूचकका आधारमा ती गाविसलाई साक्षर गाविसको रूपमा घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय डँडेलधुराका विद्यालय निरीक्षक केशव ज्ञवालीले बताए ।

पूर्ण साक्षर घोषणा हुन १२ ओटा सूचकहरू राखिएको भए तापनि तीमध्ये सातओटा सूचक पूरा भएका गाविसलाई साक्षर घोषणा गरिएको हो । मङ्गलवार सातौं गाविसको रूपमा अजयमेरु चमडालाई पूर्ण साक्षरताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी वसन्तकुमार खत्रीले बताए । यसअघि गणेशपुर, कैपालमाडौं, समैजी, चिपुर, कोटेली र बेलापुर गाविसलाई साक्षर घोषणा गरिसकेको उनले शिक्षा अधिकारी खत्रीले जानकारी दिए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।