राष्ट्रिय र अन्तरराष्ट्रिय दुवै एमबीएका लागि एस इन्ष्टिच्युट

Share News

एस इन्ष्टिच्युट अफ म्यानेजमेण्टले आफ्नो स्थापनाको पहिलो वर्ष सन् १९९९ बाटै बीबीएसँगै ईएमबीए पनि शुरू गरेको हो । नयाँ बानेश्वरमा रहेको यस कलेजले दिनभर विभिन्न क्षेत्रमा काम गर्दै पढ्न चाहनेका लागि साँझको (पार्टटाइम) एमबीए कार्यक्रम सञ्चालन गरेको छ । त्यसबाहेक फुलटाइम एमबीए र ईएमबीए पनि सञ्चालनमा छन् ।

पार्टटाइम र फुलटाइम दुवै एमबीएको पाठ्यक्रम एउटै रहेको छ । तर, फार्टटाइमको प्रतिदिन कक्षा समय कम भएका कारण यो फुल टाइमभन्दा ६ महीना बढी अर्थात साढे २ वर्षमा सकिन्छ । तीनओटैमा गरी इन्ष्टिच्युटले १ वर्षमा एमबीए तहमा कुल २ सय ४० विद्यार्थी भर्ना लिने गर्छ ।

यसले राष्ट्रिय रूपमा पोखरा विश्वविद्यालयसँगको सम्बन्धनमा एमबीए कार्यक्रम सञ्चालन गरेको छ । साथै, अन्तरराष्ट्रिय रूपमा स्कटल्याण्डको एडिनबरा क्वीन मार्गरेट युनिभर्सिटीसँगको सम्बन्धनमा एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ, जसले विदेशमा गएर उतैको एमबीए पढ्न चाहने विद्यार्थीलाई उता लाग्ने अतिरिक्त खर्च कम गर्न अन्तरराष्ट्रिय विश्वविद्यालयको एमबीएले मद्दत पुर्‍याएको कलेजका प्रिन्सिपल आशिष तिवारी बताउँछन् ।

दुवै विश्वविद्यालयका पाठ्यक्रम तथा शुल्क पनि फरक छन् । कलेजसँग केही फुलटाइम र केही पार्टटाइम फ्याकल्टिज छन्, जसमा प्राज्ञिक तथा औद्योगिक दुवै क्षेत्रका व्यक्तिहरूद्वारा कक्षा सञ्चालन हुने गर्छ । सिकाइ वास्तविक जीवनसँग मिल्दो हुनुपर्ने मान्यता रहेको एसले  औद्योगिक क्षेत्रका व्यक्तित्वका कक्षामार्फत विद्यार्थीलाई भोलि उनीहरू जाने क्षेत्रको ज्ञान दिने उद्देश्य राखेको छ ।

यहाँ पढ्ने विद्यार्थीका लागि औद्योगिक इण्टर्नशिप, आन्त्रप्रेनरशिप प्रोग्राम, कर्पोरेट कनेक्शन, प्लेसमेण्ट सेल, करीअर फेयरजस्ता कार्यक्रमबाट व्यावसायिक क्षेत्रमा प्रवेश गर्ने अवसर छ । यहाँ पढेका विद्यार्थी हाल देशका बैङ्किङ, औद्योगिक, विकास, उत्पादन तथा सेवामूलक संस्थाहरूमा कार्यरत छन् । यसबाहेक एसका उत्पादन विभिन्न देशका सम्बन्धित क्षेत्रमा राम्रो प्रस्तुति दिइरहेका भेटिन्छन् । इन्ष्टिच्युटले एक शैक्षिक संस्थाको नियमअनुसारको छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।