सन् २००५ मा स्थापना भएको साउथ एशियन इन्ष्टिच्युट अफ म्यानेजमेण्ट (सायम) कलेजले हालसम्म ७ सयभन्दा बढी विद्यार्थी पासआउट गरिसकेको छ । पुरानो बानेश्वरमा रहेको यो कलेजका उत्पादनहरू हाल बैङ्किङ, औद्योगिक क्षेत्रका साथै सफलतापूर्वक आफ्नै व्यवसाय पनि हाँकिरहेका छन् । १ वर्षमा ६० जना विद्यार्थी भर्ना लिने यस कलेजले विश्वविद्यालयको नियमअनुसारको १० प्रतिशत छात्रवृत्तिबाहेक पनि थप एक विद्यार्थीबराबरको छात्रवृत्ति दिइरहेको छ ।
अन्तरराष्ट्रिय विश्वविद्यालयबाट स्नातकोत्तर तथा विद्यावारिधि गरेका फुलटाइम फ्याकल्टिज रहेका कारण विद्यार्थीले चाहेको बेलामा नबुझेका कुरा सोध्न पाउने अवसर यस कलेजमा छ । पास गर्न मात्र नभई विद्यार्थीको सोच्ने तरीकामा परिवर्तन ल्याई विश्लेषण गर्ने क्षमताको विकासमा आफ्नो कलेज लागिपरेको शायमका प्रिन्सिपल डा. विजय केसी बताउँछन् ।
सायमले प्रिन्सिपलको सहभागिता रहेको जब प्लेसमेण्ट सेल नै राखेको छ, जसले यस कलेजमा पढेका पछिल्लो दुई ब्याचका विद्यार्थी कुनकुन संस्थामा कार्यरत छन् भन्ने सूची सार्वजनिक गर्ने, ग्र्याजुएट विद्यार्थीको प्रोफाइल कम्पनीहरूमा पठाउने, वेबसाइटमा राख्ने, कम्पनीबाट पनि रोजगारीका लागि कलेजमा आएको मागको सूचना विद्यार्थीलाई उपलब्ध गराउने, विद्यार्थीको बायोडाटा कम्पनीमा पठाउने गर्दै आएको छ । साथै, पाँचौं सेमेष्टरमा इण्टर्नशिपमा गएका यस कलेजका विद्यार्थीको उत्कृष्ट पर्फर्मेन्सका कारण जब अफर पाएर छैटौं सेमेष्टरमै पढाइसँगै काम पनि अघि बढाउने अवसर मिलेको प्रिन्सिपल केसी बताउँछन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।