युनिग्लोब, अन्तरराष्ट्रिय रूपमा नेपालको उत्कृष्ट व्यवस्थापन सिकाइ केन्द्रको रूपमा पहिचान बनाउने उद्देश्यले सन् २००९ मा स्थापना भएको कलेज हो । यो पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त छ । पढाइ तथा व्यवस्थापनका हिसाबले राष्ट्रिय तथा अन्तरराष्ट्रिय शैक्षिक संस्थाहरूको गहिरो अनुभव हासिल गरेका व्यक्तिहरूद्वारा यो कलेजको सञ्चालन हुँदै आएको छ ।
यस कलेजले स्नातक तहका बीबीए तथा बीबीए–बीआईका साथै स्नातकोत्तर तहमा एमबीएका कार्यक्रम सञ्चालन गर्दै आएको छ । एमबीएमा पनि विशेषगरी फाइनान्समा यस कलेजले आफ्नो पहिचान बनाएको छ । युनिग्लोबमा बीजनेश एड्मिनिष्ट्रेशन, फाइनान्स, अकाउण्ट, इकोनोमिक्स, मार्केटिङ, बैङ्किङ तथा इन्स्योरेन्सका साथै रिसर्चका चिरपरिचित पूर्णकालीन फ्याकल्टिज रहेका छन् । यसबाहेक अमेरिका, बेलायत, थाइल्याण्ड, भारत, बङ्गलादेशजस्ता विभिन्न देशका फ्याकल्टिजलाई आमन्त्रण गरी कक्षाहरू सञ्चालन पनि गर्छ ।
हाल एमबीएको १४औं ब्याचको भर्ना खुला रहेको युनिग्लोबले हालसम्म ५ सय ४० जना विद्यार्थी पासआउट गरिसकेको छ । यहाँबाट एमबीए गरेका विद्यार्थीहरू लगभग शतप्रतिशत नै आ–आफ्नो पेशा/व्यवसायमा संलग्न छन् । उनीहरू बैङ्किङ, इन्स्योरेन्स, म्यानुफ्याक्चरिङ उद्योग, सेवामूलक उद्योग, राष्ट्रिय÷अन्तरराष्ट्रिय गैरसरकारी संस्था, रिसर्च कम्पनी, प्राज्ञिक क्षेत्रका साथै सरकारी क्षेत्रमा कार्यरत छन् ।
त्यसबाहेक पनि केही विद्यार्थीले आफ्नै व्यापार व्यवसाय पनि सञ्चालन गर्दै आएका छन् । विद्यार्थीलाई पढाइपछि रोजगारीको सुनिश्चितता गर्न कलेजले जब प्लेसमेण्ट इकाइ नै खडा गरेको छ, जसले करीअर काउन्सिलिङ सेमिनार, तालीम, जब फेयरजस्ता कार्यक्रम सञ्चालन गर्ने गर्छ । कम्पनीहरूसँग गरिने सम्बन्ध विस्तार, प्र्याक्टिकल तथा इण्टर्नशिपजस्ता कार्यक्रम पनि विद्यार्थीका लागि रोजगारीको सुनिश्चितता गर्न लक्षित छन् ।
कलेजले योग्य विद्यार्थीलाई विश्वविद्यालयले तोकेको छात्रवृत्ति पनि प्रदान गर्ने गर्छ । यस कलेजमा पढ्ने विद्यार्थीका लागि नेपालभित्र र बाहिर हुने अन्तरराष्ट्रिय सम्मेलनहरूमा सहभागी हुने अवसर कलेजले दिलाउँछ । यहाँबाट पढेका विद्यार्थीमा फाइनान्स, रिसर्चको बृहत् ज्ञान हुन्छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।