रोल्पा । शिक्षा ऐनको पछिल्लो संशोधनको प्रावधानसँगै रोल्पा जिल्लाका ६३ प्रतिशतभन्दा बढी विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । जिल्ला शिक्षा कार्यालयले सम्पूर्ण विद्यालयमा संशोधित ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयलाई निर्देशन दिए पनि जिल्लामा अझै ३७ प्रतिशत विद्यालयमा समिति गठन गर्न बाँकी छ । सबै विद्यालयमा समिति गठन गरिसक्ने गरी कार्यतालिका बनाएको जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा स्रोत व्यक्ति र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति हुनुपर्ने प्रावधान रहे पनि जिल्ला शिक्षा कार्यालयमा आवश्यक जनशक्तिको अभावका कारण समिति गठनमा ढिलाइ भएको पौडेलले बताए । रासस
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।