विद्यालय भवन निर्माणमा सहयोग

Share News

बागलुङ। स्वर्गीय भक्तिलाल श्रेष्ठको स्मृतिका उनका सन्ततिले बागलुङ सदरमुकामस्थित विद्यामन्दिर माध्यमिक विद्यालय भवन निर्माण गरेका छन् । स्व. श्रेष्ठका नातीहरू विराटकुमार, हरिशङ्कर र नारायणप्रसाद श्रेष्ठका परिवारले रू. २२ लाखको लागतमा तीनकोठे पक्की भवन निर्माण गरेका हुन् । विसं १९९७ मा स्थापना भएको विद्यालय भवन भूकम्पले क्षतिग्रस्त बनेपछि श्रेष्ठ परिवारले पुनर्निर्माणमा सघाएको हो ।

लाखौं रुपैयाँ खर्चेर बनाइएको विद्यालय भवनमा रङ्रोगन मात्र गर्न बाँकी छ । कक्षाकोठा अभावमा पठनपाठन नै प्रभावित बनेपछि भवन निर्माण गरिएको श्रेष्ठका पनाती तीर्थप्रसादले बताए । ‘भूकम्पले भवन भत्केपछि विद्यार्थी पढाइबाट वञ्चित हुने अवस्था देखियो,’ श्रेष्ठले भने, ‘विद्यालय पुनर्निर्माण कार्यमा हामीले शुरूमा सहयोगको हात अघि बढायौं ।’ पूर्वजको स्मृति र सम्मानमा विद्यालय भवन बनाइएको उनको भनाइ छ । भक्तपुरबाट बागलुङ आउनुभएका भक्तिलालका सन्ततिहरू बागलुङलगायत देशका विभिन्न भागमा बसोवास गर्दै आएका छन् । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।