निजी र सरकारी पाठ्यपुस्तबीचको विभेद अन्त्य हुने

Share News

पुस २३, काठमाडौं (अस)। शिक्षामन्त्री धनिराम पौडेलले निजी र सरकारी पाठ्यपुस्तकबीच विभेद रहेको भन्दै त्यसको अन्त्यको लागि मन्त्रालयले काम अगाडि बढाएको बताएका छन् । ‘संस्थागत सार्वजनिक विद्यालयका पाठ्यपुस्तकमा पनि विभेद, त्यसको अन्त्यको लागि आउने शैक्षिकसत्रबाटै कक्षा १ र २ का पुस्तक रंगीनमा छाप्ने तयारी भइरहेको छ’ मन्त्री पौडेलले भने ।

राजधानीमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सार्वजनिक विद्यालयको पाठ्यपुस्तक बालबालिकाको मनोविज्ञानअनुसार तयार गर्न मन्त्रालयले काम अगाडि बढाएको जानकारी पनि दिए । उनले पाठ्यपुस्तक बाध्यताले नभएर रहरले पढ्ने बनाउन मन्त्रालयले पुस्तक नीति बनाएर लागु गर्न लागेको बताए ।

‘हामीसँग पुस्तक नीति नभएकाले कस्ता पुस्तक, कस्ता प्रकाशन प्रकाशन गर्ने र कसले वितरण गर्ने भन्ने नीति नै छैन, यसकारण अन्यौलता छ । त्यसको अन्त्य गर्नै पनि पुस्तक नीति बनाउनु आवश्यक छ’ मन्त्रीले भने । उनले एक गाउँ एक पुस्तकालयलाई अगाडि बढाउनु पर्ने धारणा राखे ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।