arthik abhiyan
ad banner

जाडोमा कोठा चम्किलो बनाउने रङहरू

Nov 24, 2017 
स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar सरु
राम्रो रङको छनोटले घरका कोठामा रौनक बढाउनुका साथै मनमा खुशी तथा शान्तिको महसूस पनि गराउँछ । घरको कोठा रङ्ग्याउने सोच हुनेबित्तिकै कतिपय मानिसमा कस्तो रङ प्रयोग गर्ने भन्ने द्विविधा हुन्छ । जाडोमा घर तथा कोठालाई   अलग पहिचान दिने रङबारे यहाँ चर्चा गरिएको छ : सेतो सेतो जाडो मौसममा एकदमै मन पराइने रङ हो । सेतो रङको साथमा अन्य रङ मिसाएर पनि प्रयोग गर्न सकिन्छ । सिम्रिक लिभिङ रूममा कस्तो रङ लगाउने भनेर दोधारमा रहेकाहरूका लागि सिम्रिक उत्तम विकल्प हुन सकछ । सिम्रिक रङ लगाइएको कोठामा प्रवेश गर्ने जो कोहीले फरक खालको अनुभूति गर्छन् । नीलो नीलो रङ हरेक मौसमको शान हो । यो रङले सबै प्रकारको भित्तामा चमक भरिदिन्छ । चाहे यो चम्किलो रङको होस्, या फिक्का । यो रङ जाडो मौसममा अति रुचाइने रङ हो । काठ काठ रङ अधिकांश महिलाका लागि प्रिय हुन सक्छ । किनकि, यसले किचनका भित्तामा लागेको फोहोर सफा गर्न सहयोग गर्छ । कोठालाई सफा राख्न पनि यसले मद्दत गर्छ । सुन्तला सुन्तला रङले घरलाई सुन्दर लूक्स दिन सक्छ । यसमा धरै प्रकारका छायाँ आउँछन्, जुन मनै लोभ्याउने खालका हुन्छन् । आइवरी जाडोका लागि आइवरी उत्तम रङ हो । यस रङले घरलाई चमकदार देखाउन सहयोग गर्छ । यो रङ लिभिङ रूम तथा बेडरूममा लगाउन सकिन्छ । हरियो हरियो यस्तो रङ हो, जसले आँखालाई आनन्द प्राप्त मद्दत गर्छ । यसमा हल्का छायाँ पार्नुहोस् र हेर्नुहोस् । अनि कोठा कति ठूलो देखियो भनेर मक्ख पर्नुहोस् । गुलाबी गुलाबी रङले घर तथा कोठालाई ठूलो तथा चम्किलो देखाउँछ । रातो यो रङले घर तथा कोठालाई उज्यालो देखाउँछ । रातो रङका साथमा अन्य रङ पनि संयोजन गरेर लगाउन सकिन्छ । यो एउटा रोमाण्टिक रङ पनि मानिन्छ । त्यसैले, यसलाई बेडरूममा लगाएर पृथक् लूक्स देखाउन सकिन्छ ।

प्रस्तुति : मदन लामिछाने

प्रतिक्रिया दिनुहोस्