ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीव्र र दिगो विकास मुलुकको अहिलेको आवश्यकता : ओली

Jan 30, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । राजनीतिक अधिकार प्राप्तिको लडाइँ सकिएकाले अब मुलुकलाई आर्थिक समृद्धितिर लैजानेमात्र आफ्नो एजेण्डा रहेको पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । भावी प्रधानमन्त्रीका रूपमा हेरिएका उनले सरकार र निजीक्षेत्र मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । नेपाल चेम्बर अफ कमर्शको ६७औं वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई एमाले पार्टी कार्यालय धुम्बाराहीमा सोमवार स्वागत तथा सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष ओलीले देश विकासका लागि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘मुलुकको निजीक्षेत्रलाई प्रोत्साहन गरी मुलुकलाई समृद्ध बनाउनुपर्छ,’ ओलीले भने । व्यवसायीलाई सम्बोधनका क्रममा ओलीले तीव्र र दिगो विकास मुलुकको अहिलेको आवश्यकता रहेको बताए । अब बन्ने नयाँ सरकार निजीक्षेत्रसँगको सहकार्यमा दिगो आर्थिक समृद्धि हासिल गर्नेतर्फ लागिपर्ने उनको भनाइ थियो । कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले एमालेले गरेको स्वागत तथा सम्मानले निजीक्षेत्रलाई थप जिम्मेवार बनाएकोे बताए । ‘मुलुकको आर्थिक समृद्धिका लागि सरकारले गर्ने प्रयासमा सहयोग गर्न चेम्बर सधैं तयार छ,’ श्रेष्ठले भने । मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी आवश्यक रहेको बताउँदै चेम्बर अध्यक्ष श्रेष्ठले भने, ‘यसका लागि चेम्बरले विभिन्न देशका राजदूतसँग पनि छलफल चलाउँदै आएको छ ।’ राजनीतिक सङ्क्रमणकालको अन्त्यपछि नेपालमा विदेशी लगानी भित्रिने बलियो सम्भावना रहेको उनको विश्वास थियो ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्