ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

फोहोर व्यवस्थापन गर्न ५० लाख विनियोजन

Feb 1, 2018  
विविध
Image Not Found
author avatar अभियान संवाददाता
पर्वत । कुश्मा नगरपालिकाले पर्वत सदरमुकाम कुश्माको फोहोर व्यवस्थापन गर्न चालू आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सो रकमले कुश्माबजारको फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइट बनाउने योजना रहेको कार्यालयका प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार सो योजना नगरपरिषद्बाट सर्वसम्मत पारित गरेर कार्यान्वयनको चरणमा छ । यद्यपि, ल्याण्डफिल्ड साइट बनाउने स्थान भने चयन भइसकेको छैन । हाल नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा ‘सफा कुश्माका लागि सामूहिक अभियान’ नामको गैरसरकारी संस्थाले लिएको छ । ‘सो संस्थालाई नगरपालिकाले सवारीसाधन दिएर फोहोर फाल्ने जिम्मा दिएको हो,’ नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘ल्याण्डफिल्ड साइट बनाएपछि नगरपालिकाले नै जिम्मा लिने कि, के गर्ने भन्नेबारेमा छलफल अगाडि बढेको छ ।’ उनले आफूले यो योजनालाई प्राथमिकतामा राखेको जानकारी दिए । कुश्माबजारमा अहिलेसम्म ल्याण्डफिल्ड नहुँदा पोखरा–बागलुङ राजमार्गको खण्ड अर्मादी र वडागाउँस्थित पर्यटकीय क्षेत्र अग्लो पुल छेउबाट मोदीखोलाको तीरमा फोहोर फाल्ने गरिएको छ । यसरी फोहोर फाल्दा राजमार्ग र नदी दुर्गन्धित बनेको छ । मोदीमा मिसाइएको फोहोर कालीगण्डकी नदीमा मिसिन्छ । यसक्षेत्रकै पवित्र मोदीबेनीधाम पनि फोहोरका कारण दुर्गन्धित भएको छ । कुश्मामा दैनिक १०÷१५ टन फोहोर निस्कने गरेको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्