ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बिल्डकन तथा ऊड प्रदर्शनी माघ २६ देखि

Feb 4, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । मिडिया स्पेस सोलुशन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्टको संयुक्त आयोजनामा माघ २६ गतेदेखि चौथो नेपाल बिल्डकन तथा नेपाल ऊड इण्टरनेशनल एक्स्पोको आयोजना हुँदै छ । काठमाडौंको भृकृटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने एक्स्पो ३ दिनसम्म सञ्चालन हुने आइतवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एक्स्पोमा १ सय २० भन्दा धेरै निर्माण कम्पनीको सहभागिता रहनेछ । यसमा नेपाल र विदेशका कम्पनीको बराबरजस्तै सहभागिता रहेको मिडिया स्पेश सोलुशन्सका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिए । एक्स्पोको ५० हजारले अवलोकन गर्ने अनुमान गरिएको उनको भनाइ छ । बिहान १० देखि बेलुका ६ बजेसम्म चल्ने एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । हेभी इक्विपमेण्ट, प्रिफ्याबका घर, सिमेण्ट, फलामे छड, स्यानिटरी, हाइड्रोपावर, लिफ्ट, काठका मेशिनरी इक्युपमेण्ट, आल्मुनियमका झ्यालढोका बनाउनेलगायत व्यवसायीको एक्स्पोमा सहभागिता रहनेछ । त्यस्तै, गुणस्तर नियन्त्रण तथा नाप्ने प्रविधि, टायर, इन्धन, लुब्रिकेण्ट, फायर फाइटिङ मेशिन, वाटर प्लाण्ट मेशिनसँग सम्बन्धित व्यवसायी पनि एक्स्पोमा सहभागी हुने बताइएको छ । बिल्डिङ र कन्ट्रक्शन क्षेत्रको विकासका साथै प्रवद्र्धन गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । ‘निर्माण क्षेत्रको अवस्थालाई हेरेर नेपालमा चाहिने प्रविधिका सामान एक्स्पोमा प्रदर्शन गरिनेछ,’ भट्टराईले भने, ‘विदेशमा प्रयोग भइरहेका नयाँनयाँ प्रविधिका उपकरण नेपालमा ल्याउने प्लेटफर्मका रूपमा एक्स्पो आयोजना गरिएको हो ।’ एक्स्पोको सह प्रायोजकमा महिन्द्रा तथा निप्पोन पेण्ट्स रहेका छन् । एक्स्पोलाई नेपाल इञ्जिनीयर्स एशोसिएशन, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनीयरिङ फर्मस्, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स्, नेपाल निर्माण व्यवसायी महासङ्घ र नेपाल आवास तथा घरजग्गा व्यवसायी सङ्घको सहयोग रहेको छ । त्यस्तै, एक्स्पो आयोजनामा कन्फेडेरेशन अफ इण्डियन इण्डष्ट्रिज्, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घ, नेपाल प्लाईऊड उत्पादक सङ्घ, नेपाल हेभी इक्विपमेण्ट व्यवसायी सङ्घ, रिजनल एण्ड अर्वन प्लानर्स सोसाइटी अफ नेपाललगायत संस्थाको सहयोग रहेको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्