ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै सकियो महोत्सव

Feb 22, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
प्यूठान । २८ माघदेखि सञ्चालन भएको स्वर्गद्वारी प्यूठान तेस्रो महोत्सव–२०७४ बुधवार सकिएको छ । प्यूठान उद्योग वाणिज्य सङ्घ र होटल व्यवसायी सङ्घ प्यूठानको संयुक्त आयोजनामा भएको महोत्सवमा ४ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको महोत्सव मूल आयोजक समितिका संयोजक ज्ञामुराम न्यौपानेले जानकारी दिए । ‘आधुनिक कृषि, पर्यटन, ऊर्जा र व्यापार, उद्यमी जनशक्ति समृद्ध प्यूठानको आधार’ मूल नाराका साथ गरिएको महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिई प्रदर्शनीमा राखिएको थियो । जिल्लाको कृषि र पर्यटनलाई प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको थियो । मेलाको आम्दानीले प्यूठान नगरपालिकामा शहीद स्मारक र होटल व्यवसायी प्यूठानको सचिवालय निर्माण गर्ने न्यौपानेले बताए । महोत्सवमा करीब ९५ हजार दर्शकले अवलोकन गरेका थिए । महोत्सवले जिल्लामा उत्पादन हुने वस्तुको प्रचारप्रसार तथा बजारीकरणमा सहयोग पुगेको आयोजकको भनाइ छ । महोत्सवमा स्थानीय उत्पादन, कृषि, घरेलु र लघु उद्योगलाई प्राथमिकताका साथ प्रदर्शन गरिएको थियो । यस्तै, महोत्सवमा लोप हुन लागेको स्थानीय संस्कृति, सराँय नाच, हनुमान नाचआदिको पनि प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्