arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तेस्रो दमौली महोत्सव फागुन २३ देखि

Feb 22, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
तनहुँ । तनहुँको दमौलीमा फागुन २३ देखि ३ चैतसम्म तेस्रो दमौली महोत्सव हुने भएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइले तेस्रो दमौली महोत्सव गर्न लागेको हो । आर्थिक दृष्टिकोणले महत्त्वपूर्ण दमौली महोत्सव गत पुस २७ गतेदेखि नै गरिने भनिए पनि सङ्घ र विभिन्न बजार एकाइको अधिवेशनका कारण स्थगित भएको थियो । गत २२ पुसमा दमौली बजार एकाइ अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति आएपछि उक्त समितिले महोत्सवको निर्णय गरेको हो । महोत्सवमा ५ करोड रुपैयाँबराबरको आर्थिक करोबार हुने लक्ष्य राखिएको छ । महोत्सवको खर्च कटाएर ४० लाख नाफा हुने अनुमान गरिएको दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठले जानकारी दिए । महोत्सव ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान रहेको बजार एकाइका सचिव एवम् महोत्सवका प्रवक्ता दधिराज घिमिरेले जानकारी दिए । महोत्सवको मुनाफाबाट बजारमा सीसीटीभीको व्यवस्था गरी दमौलीका अव्यवस्थित फुटपाथ व्यवसायलाई एकाइ समितिमार्फत व्यवस्थापन गरिने घिमिरेको भनाइ छ । स्थानीय व्यवसायीलाई प्रवर्द्धन गर्न एकाइमा आबद्ध व्यवसायीलाई ३० प्रतिशतसम्म छूटको व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । महोत्सवमा खाना, कृषि तथा घरेलु उत्पादन, फेन्सी र घरेलु उपभोग्य सामानलगायत व्यावसायिक र सेवामूलक गरी २ सय स्टल रहने आयोजकले जानकारी दिएको छ । स्थानीय उत्पादनको बजारीकरण, व्यापार प्रवद्र्धन तथा जातीय संस्कृति संरक्षणमा समेत महोत्सवले योगदान पु¥याउने तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले बताए । ‘कृषि हाम्रो आर्थिक विकासको आधार, दमौली महोत्सव व्यवसाय प्रवद्र्धनको पूर्वाधार’ भन्ने मूल नाराका साथ सञ्चालन गरिने महोत्सवमा हस्तकला, बाल उद्यान तथा रमाइलो मेला, राष्ट्रिय कलाकारको सांस्कृतिक प्रस्तुतिलगायत मुख्य आकर्षण रहने आयोजकको भनाइ छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्