arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विकास बैङ्कको नाफामा थोरै वृद्धि

Mar 7, 2018  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । विकास बैङ्कहरूले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको सोही अवधिको तुलनामा धेरै कम्पनीको नाफा थोरै प्रतिशत मात्र बढेको देखिन्छ । सो अवधिमा १० कम्पनीको नाफा घटेको छ भने १७ कम्पनीको नाफा बढेको छ । दोस्रो त्रैमासमा सर्वाधिक नाफा महालक्ष्मी विकास बैङ्कले कमाएको छ । कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा ४२ दशमलव ५६ प्रतिशत बढेको छ । गत आवको दोस्रो त्रैमासमा रू. १४ करोड ४१ कमाएको बैङ्कले चालू आवको यो अवधिमा रू. २० करोड ५४ लाख आर्जन गरेको छ । उसको खुद ब्याज आम्दानी ८९ दशमलव ६७ प्रतिशत बढेपछि नाफामा टेवा पुगेको हो । कम्पनीको सञ्चालन मुनाफा भने ६६ प्रतिशत घटेको छ । एनआईडीसी डेभलपमेण्ट बैङ्क लिमिटेडको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको यो अवधिमा ४२ प्रतिशत घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी ७ प्रतिशत र सञ्चालन मुनाफा ८ प्रतिशत बढे पनि नाफामा सुधार हुन सकेन । उसको ब्याज खर्च ८ प्रतिशत बढेपछि नाफा घट्न पुगेको हो । भार्गव विकास बैङ्क लिमिटेडको नाफा गत आवको तुलनामा ३१ दशमलव ८८ प्रतिशत घटेको छ । गत आवको दोस्रो त्रैमासमा रू. १ करोड ८० लाख नाफा कमाएकोमा चालू आवको यही अवधिमा घटेर रू. १ करोड २२ लाखमा सीमित भएको छ । उसको खुद ब्याज आम्दनी थोरै बढेको छ भने सञ्चालन मुनाफा ३१ प्रतिशत घटेको छ । देवः विकास बैङ्क लिमिटेडको गत आवको तुलनामा खुद ब्याज आम्दानी ८३ दशमलव ८५ प्रतिशल बढेको छ । गत आवको दोस्रो त्रैमासमा रू. ४३ करोड ३ लाख रहेको कम्पनीको खुद ब्याज आम्दानी चालू आवको यही अवधिमा रू. ७९ करोड १२ लाख पुगेको छ । २७ बैङ्कमध्ये १३ ओटाको सञ्चालन मुनाफा गत आवको तुलनामा थोरै प्रतिशत बढेको छ भने १४ ओटाको घट्न पुगेको छ । सञ्चालन मुनाफा र खुद ब्याज आम्दानी त्यति बढ्न नसकेकोले नाफा बढ्न नसकेको हो ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्