ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वन उपभोक्ता समूहका अध्यक्ष पक्राउ

Apr 24, 2018  
प्रदेश समाचार
Image Not Found
author avatar अभियान संवाददाता
धरान । नियम उल्लङ्घन गरी काठ सङ्कलन गरेर गुपचुपमा बेच्न लागेको अभियोगमा वन उपभोक्ता समूहका अध्यक्षसहित ५ जना पदाधिकारीहरू पक्राउ परेका छन् । सरकारी दररेटअनुसार करीब ३ लाख १४ हजार मूल्यबराबरको ६ सय ४७ क्युफिक काठसहित धरान–६ स्थित पानवारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई पक्राउ गरिएको हो । तोकिएको घाटगद्दी (काठ थुपार्ने स्थान) भन्दा सय मिटरभित्र जङ्गलमा घाटगद्दी बनाएर काठ चिर्दै गरेको अवस्थामा उनीहरूलाई गत शनिवार पक्राउ गरेको सेक्टर वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामाले बताए । अध्यक्ष वीरेन्द्रकुमार कुरुङबाङसहित उपाध्यक्ष कमलसिंह लिम्बू, सचिव हीरादेवी आचार्य, सहसचिव सुरेन मुदेल र सदस्य सुमनकुमार साहलाई पक्राउ गरी तरहरा वन कार्यालयमा राखिएको छ । उनीहरूले सम्बन्धित निकाय वन कार्यालयलाई जानकारी नदिई नै गोप्य रूपमा काठ थुपारेर चिरान गरिरहेको पाइएपछि पक्राउ गरिएको लामाले बताए । उनले भने, ‘वन ऐन २०४९ अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’ सेक्टर वनका अनुसार सालका १ सय १९ गोलिया र ७७ थान चिरान काठ फेला परेको छ । गोलिया ५ सय ३७ क्युबिक फिट र चिरान १ सय १० क्युबिक फिट काठ बरामद गरिएको हो ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्