arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सल्यानमा फस्टाउँदै टिमुर खेती

Jul 17, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
सल्यान । सल्यानमा टिमुर खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । कम लगानीमा पनि धेरै आम्दानी हुने भएपछि टिमुरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको हो । छत्रेश्वरी गाउँपालिका २ की कमला केसीले करीब २ सय टिमुरका बोट रोपेकी छन् । वर्षमा डेढदेखि दुई क्विण्टलसम्म टिमुर उत्पादन हुन्छ । ‘हाम्रो समूहमा १५ जना छौं,’ उनले भनिन्, ‘५० देखि २ सय बोट टिमुर एक सदस्यले रोपेका छन् ।’ यस्तै, छत्रेश्वरीकै साउनेपानीका हीरालाल ओलीले पनि व्यावसायिक रूपमा टिमुर खेती शुरू गरेका छन् । लागीगुराँस जडीबुटी कृषक समूहका अध्यक्षसमेत रहेका उनले आफ्नो गाउँ टिमुरे गाउँ भइसकेको बताए । वडामा अहिले पाँचओटा जडीबुटी कृषक समूह छन् । समूहमा आबद्ध २ सय बढी किसान व्यावसायिक टिमुर खेतीतर्फ अग्रसर छन् । शुरूमा टिमुरका बेर्ना कहाँ पाइन्छ, कसरी खेती गर्ने, कसरी सङ्कलन र भण्डारण गर्ने भन्ने थाहा नपाएका किसानलाई जिल्ला वनस्पति कार्यालयले आवश्यक ज्ञान, प्राविधिक तथा आर्थिक सहयोगसमेत गरेपछि किसान झनै यसतर्फ उत्साहित भएका हुन् । जिल्लाबाट मात्रै आर्थिक वर्ष २०७४÷७५ मा ३ लाख ५३ हजार ७ सय किलो टिमुर बाहिरी जिल्ला गएको छ । यसबाट २५ लाख ४६ हजार ६ सय ५५ रुपैयाँ राजस्व उठेको जिल्ला वन कार्यालय सल्यानले जानकारी दिएको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्