arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नौ समूहको परिसूचक बढेपछि नेप्से ११९९ बिन्दुमा

Jul 24, 2018  
लगानी मुख्य खबर
Image Not Found
author avatar अभियान संवाददाता
साउन ८, काठमाडौं । मङ्गलवार नेप्से दिनभर बढेर बन्द भएको छ । कारोबार भएको केहि समय स्थिर भएको नेप्से अन्त्यसम्ममा ४ दशमलव ७७ अङ्कले बढेर १ हजार १ सय ९९ दशमलव २७ विन्दुमा पुगेको छ । १ हजार १ सय ९४ विन्दुबाट शुरु भएको नेप्से बढेर १ हजार २ सय १३ विन्दुसम्म पुगेको थियो । तर, बन्द हुन बाँकी डेढघण्टा अगाडीदेखि ओरालो लागेको हो । कारोबार भएका ११ समूहको परिसूचकमा उत्पादन तथा प्रशोधन समूह र लघुवित्त समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक शून्य दशमलव ४० प्रतिशतले बढ्न पुगेको हो । होटल समूहको परिसूचक २ दशमलव ७९ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक १ प्रतिशतभन्दा कमले बढेको छ । कारोबार भएका १ सय ६० कम्पनीको ४ हजार ३३ पटकको व्यापारमा ११ लाख ८९ हजार ६ सय ८९ कित्ता शेयरको रू. २९ करोड ४१ लाख बराबरको शेयर कारोबार भएको हो । म्यानुअल कारोबार रू.१ लाख २ हजारको भएको छ । नेप्सेमा सर्वाधिक शेयर कारोबार हुने १० कम्पनीमा नविल बैङ्क लिमिटेडको प्रतिकित्ता रू.८ सय ९९ मा रू.१ करोड ८८ लाख बराबरको कारोबार भएको छ । नेपाल दूरुसञ्चार कम्पनीको रू.१ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढेको छ । साथै, भार्गव विकास बैङ्कले लाभांश प्रस्ताव गरेपछि शेयर मूल्य ९ दशमलव ६० प्रतिशतले बढेको छ । गत आवको चौथो वित्तीय विवरण सार्वजनिक गरेको बेष्ट फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ । प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य ९ दशमलव ८५ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्