ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

एनसेलले ल्यायो मिदास ईक्लास सेवा

Aug 13, 2018  
बजार
Image Not Found
author avatar अभियान संवाददाता
काठमाडौं । एनसेलले मिदास एजुकेशन प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि मिदास ईक्लास सेवा ल्याएको छ । यो सेवाको शुरुआतसँगै अब एनसेलका ग्राहकले आफ्ना बालबच्चाको शैक्षिक विकासका लागि श्रव्य–दृश्यमा आधारित डिजिटल शैक्षिक सामग्रीको ठूलो सङ्ग्रहबाट लाभ लिन सक्ने भएका छन् । मिदास ईक्लास मोबाइल फोन, ट्याब्लेट वा कम्प्युटर माध्यमबाट बालबालिकालाई सिक्न सघाउने एक प्लेटफर्म हो । यसमा उपलब्ध हुने पाठ्यक्रम श्रव्य–दृश्यमा आधारित र अन्तरक्रियात्मक हुने भएकाले बालबालिकाले अभिरुचिपूर्वक सिक्न सक्छन् । यस सेवामा प्लेग्रूपदेखि कक्षा १० सम्मका विद्यार्थीका भिडियो ट्युटोरियल, विविध शैक्षिक सामग्री, गेम्स र अभ्यास छन् । साउन २८ (सोमवार)देखि यो सेवा प्रयोग गर्न सकिने एनसेलले उल्लेख गरेको छ, जसअन्तर्गत ग्राहकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पाठ्यक्रम विकास केन्द्रले प्रमाणित गरेको शैक्षिक सामग्रीहरू, जस्तै– विशेष भिडियो ट्युटोरियल्स, एनिमेटेड पाठलगायत अन्य शैक्षिक सामग्री डाउनलोड गर्न सक्नेछन् । यसका लागि गूगल प्लेस्टोरबाट उक्त एप डाउनलोड गरी र एनसेलको नम्बरबाट एपमा दर्ता गर्नुपर्ने हुन्छ । यो एपमार्फत ग्राहकले आफ्नो आवश्यकताअनुसार कुनै पनि कक्षाका विद्यार्थीका लागि उपयुक्त योजना सुचारु गर्न सक्नेछन् । मिदास ईक्लास सदस्यतामा आधारित सेवा हो, जसअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा मासिकमध्ये कुनै पनि सेवा योजना सुचारु गर्न सक्नेछन् । दैनिक योजना सुचारु गर्न रू. १५.२६, साप्ताहिक योजनाको रू. ७१.२६ र मासिक योजनाको रू. २५४.५० शुल्क (करसहित) लाग्ने एनसेलले जानकारी दिएको छ । एनसेलका ग्राहकले यो सेवा सुचारु गरेको दिनदेखि १ हप्तासम्म निःशुल्क प्रयोग गर्न सक्नेछन् । एप डाउनलोड तथा एपमा रहेको शैक्षिक सामग्री प्रयोग तथा डाउनलोड गर्दा भने विद्यमान डेटा शुल्क लाग्ने उल्लेख छ ।
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्