ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘ओभरवर्क’ घटाउन ड्रोनको साहारा

Feb 13, 2019  
र यो पनि
Image Not Found
author avatar आर्थिक अभियान
फागुन १, टोकियो (जापान) । जापान विश्वमै सबैभन्दा लामो कार्यसमय भएको देशमध्ये पर्दछ । नियमित समयपछि मासिक ८० घन्टाभन्दा बढी ओभरटाइम गर्ने जापानीहरुको जमात ठूलो छ । अझ बिना तलब घन्टौं ओभरटाइम गर्नेको संख्या पनि धेरै छ । अत्यधिक कामको कारण आत्महत्या गर्ने र मर्ने (कारोसी) को संख्या पनि हालैका वर्षमा बढेका छन् । लामो समयसम्म काम गर्नबाट कर्मचारीहरुलाई निरुत्साहित गर्ने नीतिहरुले समेत काम नगरेपछि अब कम्पनीहरुले प्रविधिको साहारा लिन थालिएको छ । गत वर्षको अप्रिलदेखि त्यहाँका केही कम्पनीहरुले कार्यालयमा ड्रोनको प्रयोग गर्न थालेका छन् । यो कुन कर्मचारीहरुले कस्तो काम गरिरहेका छन्, उनीहरुको प्रदर्शन कस्तो छ भन्ने निगरानी राख्नका लागि होइन । बरु उनीहरुलाई चाँडै घर जान प्रेरित गर्नका लागि हो । ड्रोनमा एउटा क्यामरा राखिएको छ । यसले को कर्मचारी नियमित समयपछि पनि कार्यालयमा बसेर काम गरिरहेको छ भन्ने हेर्न मद्दत गर्दछ । कम्पनीहरुले ड्रोनको प्रयोगमाथि अहिले पनि परीक्षण गरिरहेको छ । यसले ‘ओभरवर्क’को गम्भीर समस्या समाधान गर्न सघाउने अपेक्षा गरिएको छ । ओभरवर्क कम गर्न सरकारले हप्ताको अन्तिम दिन चाँडै कार्यालय छाडेर जानेलाई बोनश दिने, वर्षमा कम्तिमा पाँच दिन छुट्टि मनाउन बिदा लिनै पर्ने लगायत विभिन्न प्याकेज ल्याएको छ । मासिक १ सय घन्टाभन्दा बढी ओभरटाइम गर्न नपाइने कानून पनि केही समय पारित भएको छ । एजेन्सी
प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्