arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दोलखामा १ हजार १९२ युवालाई सरकारले रोजगारी दिने, कुन स्थानीय तहमा कतिले पाउने ?

May 23, 2019  
रोजगारी प्रदेश समाचार प्रदेश ०३
Image Not Found
author avatar आर्थिक अभियान

नवराज शिवाकोटी

जेठ ९, दोलखा । दोलखाका १ हजार १९२ जना बेरोजगारलाई सरकारले रोजगारी दिने भएको छ । संघीय सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारको सूचीमा सूचीकृतमध्येबाट यी युवाले ३० दिनको रोजगारी पाउने छन् । यहाँका ९ स्थानीय तहका करीब ३५ हजार युवा बेरोजगारीको सूचीमा सूचीकृत भएका छन् ।

यो कार्यक्रमका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहका लागि बजेट समेत विनियोजन गरिसकेको छ । १ हजार १९२ जनालाई रोजगारी दिनका लागि मन्त्रालयले कुल रू. २ करोड ८४ लाख बजेट उपलब्ध गराएको छ । मन्त्रालयले ७० प्रतिशत पारिश्रमिक भुक्तानीका आधारमा रोजगारी दिनका लागि पारिश्रमिक सम्बन्धी कार्यविधिसमेत पठाइसकेको विगु गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत नवराज ओलीले जानकारी दिए ।

जिल्लाका ९ स्थानीय तहमध्ये सबैभन्दा बढी भीमेश्वर नगरपालिकाबाट १८५ जना र सबैभन्दा कम जिरी नगरपालिकाबाट ११३ जना बेरोजगार युवाहरुले रोजगारी पाउने छन् । यसैगरी कालिञ्चोक गाउँपालिकाबाट १४०, गौरीशंकर गाउँपालिकाबाट ११७, तामाकोशी गाउँपालिकाबाट १२२, बैत्यश्वर गाउँपालिकाबाट १३१, मेलुङ गाउँपालिकाबाट १३१, विगु गाउँपालिकाबाट १२२ र शैलुङ गाउँपालिकाबाट १३१ जना बेरोजगार युवाहरुले रोजगारी पाउने छन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगारी दिने घोषणा गरेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्