arthik abhiyan
ad banner

तथ्यांकोवाच : लसुन उत्पादनमा व्यावसायिक लगानीको सम्भावना

Jun 16, 2019
अंक समाचार
Image Not Found
author avatar आर्थिक अभियान
काठमाडौं (अस) । नेपालका ८ हजार ११६ हेक्टर क्षेत्रफलमा लसुन खेती हुने गरेको छ, जसबाट लगभग ५६ हजार ६६८ मेटन लसुन उत्पादन हुने गरेको छ । नेपालमा लसुन आयात करीब ६ हजार ९६४ मेटन हुने गरेको छ । चीनमा लसुनको प्रतिहेक्टर उत्पादन २७ दशमलव शून्य ९ मेटन प्रतिहेक्टर देखिन्छ ।

उक्त लक्ष्यलाई पछ्याउन सकेको खण्डमा वर्तमान लसुन उत्पादन हुने क्षेत्रफलमा अधिकत्तम करीव २ लाख १९ हजार ८ सय ९३ केजी लसुन उत्पादन गर्न सकिन्छ । यस आँकडा अनुसार नेपालको लसुनको उत्पादन बढाउने नीति लिने हो हाल उपलव्ध जग्गाको थोरै भागमा प्रयोग गरेर पनि नेपाललाई यथेष्ट मात्रामा लसुन आपूर्ति गर्न सकिने देखिन्छ । चीनले लसुन उत्पादनमा हासिल गरेका लक्ष्यलाई हेर्दा नेपाललाई आवश्यक पर्ने लसुन अहिले उत्पादन भईरहेको क्षेत्रफलको करिव ४ भाग क्षेत्रफलमा लसुन खेती गरेतापनि मुलुकलाई पुग्ने लसुन उत्पादन हुने देखिन्छ । यसका लागि लसुन खेतीमिा व्यावसायिक लगानीको वातवरण सिर्जना गर्न सहुलियत व्याजदर, कृषि औजारमा अनुदान, मल विऊको अनुदान सहित पर्याप्त व्यवस्था तथा लसुन खेतीलाई अनन्तकालीन करमूत्तिको वातवारण सिर्जना गर्नु पनि त्यत्तिकै आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्