arthik abhiyan
ad banner

गर्मीमा यसरी सजाऔं बेडरूम

Jun 16, 2019 
स्वास्थ्य र जीवन शैली
Image Not Found
author avatar रामचन्द्र काफ्ले

सबैजसो मानिस आफ्नो घर तथा कोठाको सजावट मौसमअनुसार परिवर्तन गर्न चाहन्छन् । गर्मीयाममा मानिस आफ्नो बेडरुममै ‘फ्रेश’ हुने चाहनासमेत गर्छन् । गर्मी मौसममा फ्रेश र रोमान्टिक हुन कोठालाई रंगीन बनाउन सकिन्छ । यसका लागि कोठामा हल्का रङको प्रयोग गरिएको छ भने गहिरो रङको पर्दा लगाउनु राम्रो हुन्छ । गर्मीमा बेडरूम सजाउन निम्न उपाय अपनाउन सकिन्छ :

१. फ्लोरल थिम गर्मी महीनामा बेडरूमको भित्ता फूलको तस्वीर वा पेन्टिङले सजाउँदा शीतल महशुस हुन्छ । यसैगरी, झ्यालढोकामा लगाउने पर्दाहरूमा पनि फूलका बुट्टा पेन्टिङ गर्न सकिन्छ । यदि पेन्टिङ सम्भव छैन भने भित्ताहरूमा फूलको चित्र भएको पोष्टर टाँस्न पनि सकिन्छ ।

२. सुतीको पर्दाको प्रयोग गर्मी मौसममा कटन तथा सुतीको कपडाले शीतल महशुस गराउँछ । त्यसैले, गर्मीयाममा झ्यालढोकामा पनि सुतीको कपडाको प्रयोग गर्न सकिन्छ । यस्तै, गर्मीमा हल्का रङको पर्दाको प्रयोग पनि गर्नु राम्रो हुन्छ । यसले पनि शीतल तथा ताजगीको अनुभव गराउँछ ।

३. ब्राइट कुशन कभर गर्मीयाममा बेडरूममा हल्का खालको कुशनको खोलसमेत प्रयोग गर्न सकिन्छ ।

४. झ्याल खुला गर्मी समयमा कोठालाई शीतल पार्न झ्यालहरू खुला राख्न चाहनुहुन्छ भने केही गोपनीयतामा भने ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि बेडरूममा झल्लर लगाउन सकिन्छ । यसले गर्दा बाहिरको शीतलता उपयोगसँगै कोठा चम्किलो पनि पार्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्